प्रधानमन्त्रीद्वारा जारी श्रद्धाञ्जलि वक्तव्य
हार्दिक श्रद्धाञ्जलि ! आज मिति २०६८/०६/२६ गते बिहान १०:३० बजे सिन्धुली जिल्लाको पुरानो झांगाझोली चार मूलकोटको रिठ्ठेभीर भन्ने स्थानबाट यात्रुवाहक बस सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त हुदा ठूलो मानवीय क्षति भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।
ट्राफिक व्यवस्थापन चुस्त बनाउन महानगरीय ट्राफिक प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
२५ असोज । उपत्यकाको ट्राफिक व्यवस्थापन कमजोर भएको गुनासो बढेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महानगरीय ट्राफिक प्रहरी प्रमुख डिआईजी गणेशराज राईलाई ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको निर्देशन
२३ असोज । पछिल्लो समय सार्वजनिक यातायातका साधनले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको तथा चाडवाडका बेला टिकटको कालो बजारी गरेको गुनासो आएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको नियन्त्रण गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा. रामहरी अर्याललाई निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री र विशेष समितिका सदस्य रावलबीच भेट
२३ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सेना समायोजन विशेष समितिका सदस्य एवं एमाले नेता भीम रामवलबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा शान्ति प्रक्रिया र सेना समायोजनका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री र नेपाली काँग्रेसका उपसभापति पौडेलबीच भेट
२२ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली काँग्रेसका उपसभापति एवं संविधानसभा दलका नेता रामचन्द्र पौडेलबीच आइतबार भेटवार्ता भएको छ । काठमाडौ स्थित होटल सांग्रीलामा भएको भेटवार्तामा संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अहिलेकै प्रक्रियाबाटै अघि बढ्ने प्रारम्भिक सहमति भएको छ ।
दशैका अवसरमा प्रधानमन्त्रीबाट वृद्धवृद्धासँग भेट
१९ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विजया दशमीको अवसरमा पशुपतिस्थित समाजकल्याण केन्द्रका वृद्धवृद्धाहरुसंग भेट गर्नु भएको छ । समाजकल्याण केन्द्रको वृद्धाश्रम पुग्नुभएका प्रधानमन्त्री डा. भट्टर्राईलाई वृद्धवृद्धाले आशिर्वाद दिएका थिए ।
प्रधानमन्त्रीबाट माइती नेपालमा आश्रित महिला तथा बालबालिकासँग भेट
१९ असोज । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज माइती नेपाल पुगि पीडित महिला तथा बालबालिकासँग भेट गर्नु भएको छ । प्रधानमन्त्री भट्टराईले माइती नेपालमा आश्रित बालबालिका तथा महिलाहरुको स्थिती बारे जानकारी लिनुभएको थियो ।
वादी समुदायलाई प्रधानमन्त्रीको राहत
१६ असोज । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बझाङ चैनपुरमा बस्ने वादी समुदायलाई राहत स्वरुप प्रतिपरिवार १०/१० हजार रुपैया राहत दिन मुख्य सचिव माधवप्रसाद घिमिरेलाई निर्देशन दिनु भएको छ । हिजोको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छाएन वादी समुदायमा दशैको रौनक शिर्षको समाचार आएपछि डा. भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट आजै चैनपुरमा बस्ने २२ वादी परिवारलाई १०/१० हजार रुपैया राहत उपलब्ध गराउन निर्देशन दिनु भएको हो ।
समाचार
अरुको आँखामा
अन्तवार्ता