वेपत्ता चौलागाईको सत्यतथ्य पत्ता लगाउन सरकार लागिरहने प्रधानमन्त्रीको घोषणा
१५ असोज । दुई वर्ष अघि देखि वेपत्ता भएका लोकसेवा आयोगका क्षत्रिय निर्देशक नवराज चौलागाईको खोजी गर्न गठित समितिले आज प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ । २०६७ कार्तिक १९ गते दीपायलबाट हराएका लोक सेवा आयोगका क्षत्रिय निर्देशक नवराज चौलागाईको खोजी गर्न २०६८ बैशाख ९ गते महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता पुष्पराज कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।
राजमार्गका होटलहरुको तत्काल निरीक्षणगरी दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
१५ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजमार्गका होटलहरुमा बासी सडेगलेको र फोहोर खाना खुवाएर यात्रुहरुबाट बढी पैसा असुलेको गुनासो आएपछि त्यस्ता होटलको तत्काल निरीक्षण र अनुगमन गरी कारवाही गर्न प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेललाई निर्देशन दिनु भएको छ ।
गौर हत्याकाण्डका पीडित परिवारको ज्ञापन पत्र प्रधानमन्त्रीलाई
१३ असोज । गौर हत्याकाण्डका पीडित परिवार तथा शान्ति प्रक्रियाका क्रममा मारिएकाका परिवारले आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै छन् । ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ः४५ बजे बुझाईदै छ ।
प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापतिबीच शान्ति प्रक्रियालाई अघि बढाउने सहमति
१० असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाबीच मंगलबार कोइलाला निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । दुई पक्षीय भेटवार्तामा शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई निष्कर्षमा पु¥याउन उच्चस्तरीय छलफललाई तिब्रता दिने सहमति भएको छ ।
प्रधानमन्त्रीबाट विदेश भ्रमण बापत प्राप्त सरकारी भत्ता राहतकोषमा जम्मा
१० असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकाको न्यूर्याेक जाँदा सरकारले उपलब्ध गराएको भत्ता दुई हजार तीन सय १४ अमेरिकी डलर अर्थात एक लाख ७६ हजार तीन सय ६४ रुपैयाँ भूकम्प पिडित राहतकोषमा जम्मा गर्नु भएको छ ।
प्रधानमन्त्री र संविधानसभाका अध्यक्षबीच भेट
९ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा शान्ति प्रक्रिया र संविधान निर्माणमा विषयमा छलफल भएको थियो ।
महासभामा भाग लिएर प्रधानमन्त्री स्वदेश फिर्ता
राष्ट्रसंघको ६६ औं महासभामा भाग लिएर प्रधानमन्त्री डा. बाबुराम भट्टराई सोमबार बिहान नेपाल आइपुग्नुभएको छ । त्रिभुवन बिमानस्थलमा आएलगत्तै संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो न्यूयोर्क भ्रमण अत्यन्तै महत्वपूर्ण र उपलब्धिमूलक भएको बताउनुभएको छ ।
प्रधानमन्त्री डा. भट्टराई र भारतीय प्रधानमन्त्रीवीच भेटवार्ता
प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री मनमोहन सिंहवीच न्यूयोर्कमा भेटवार्ता भएको छ । राष्ट्रसंघको ६६ औं महासभामा भाग लिन हाल न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री भट्टराई र सिंहवीच नेपाली समयअनुसार सनिवार साँझ ७:४५ बजे भेटवार्ता भएको हो ।
समाचार
अरुको आँखामा
अन्तवार्ता