सफा काठमाडौं हाम्रो काठमाडौं अभियान सिंहदरबारबाट सुरु
२३ चैत्र । राष्ट्रिय स्वयम् सेवा अभियान–२०६८ अन्तरगत सफा काठमाडौ हाम्रो काठमाडौं अभियान सिंहदरबारबाट सुरु भएको छ । सिंहदरबारमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले विहान ६ बजे देखि सिंहदरबार भित्र र बाहिरी परिसर सफा गरेका हुन् ।
माओवादी सेनाका लडाकुहरूको समायोजन कार्ययोजना
माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनर्स्थापनसम्बन्धी विशेष समिति २०६८ चैत Download गर्नुहोला ।
राष्ट्रिय स्वयम् सेवा अभियान–२०६८ मा सक्रिय सहमागि हुन प्रधानमन्त्रीको आग्रह
२१ चैत्र । सरकारले यहि चैत्र २४ गते देखि ३० गते सम्म सञ्चालन गर्न लागेको राष्ट्रिय स्वयम् सेवा अभियान–२०६८ अन्तरगतको काठमाडौं सरसफाई अभियानमा सक्रिय सहभागि हुन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम सर्वसाधारण, नागरिक समाज, कलाकार, पत्रकार तथा राजनीतिक दलका नेता देखि कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
स्वयमसेवा अभियान नयाँ नेपाल निर्माणको बैकल्पीक योजना– प्रधानमन्त्री
काठमाण्डौ, ९ चैत्र । प्रधानमन्त्री डा. बावुराम भट्टराईले राष्ट्रिय स्वयमसेवा अभियान नयाँ नेपाल निर्माणको बैकल्पीक योजना भएको बताउनु भएको छ । आइतबार प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय खेलकुद परिषद, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर, महिला उद्यामी संघ र काठमाण्डौ महानगरपालिकाको प्रतिनिधि मण्डलको छुटछट्टै भेटमा प्रधानमन्त्रीले भन्नुभयो ‘स्वयमसेवा अभियानले राष्ट्रिय स्वाभिमान बढाउने छ ।
सेना समायोजन विशेष समति बैठक सम्पन्न
काठमाण्डौ, १९ चैत्र । सेना समायोजन विशेष समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा चैत्र ३० गते सम्ममा स्वईच्छिक अवकासमा जाने लडाकुहरुलाई अवसर दिने र समायोजनमा जानेहरुलाई समायोजन केन्द्रमा पठाउने विस्तृत कार्ययोजना कार्यान्वयन गर्ने बारे छलफल भएको छ ।
चैत्र मसान्त भित्रमै सेनासमायोजन प्रक्रियाले पुर्णता पाउँछ–प्रधानमन्त्री
काठमाण्डौ, १९ चैत्र । प्रधानमन्त्री डा. बावुराम भट्टराईले चैत्र मसान्त भित्रमानै सेना समायोजनको प्रक्रिया पुरा हुने बताउनु भएको छ । प्रधानमन्त्रीले शान्ति प्रक्रियाको महत्वपुर्ण पाटोको रुपमा रहेको समायोजन प्रक्रिया चैत्र मसान्त भित्रमै पुराहुनेमा शंका नगर्न आग्रह गनुभयोे ।
कसैले चाहँदैमा शान्ति प्रक्रिया पछाडि फर्कदैन– प्रधानमन्त्री
काठमाण्डौ, १६ चैत्र । प्रधानमन्त्री डा. बावुराम भट्राईले शान्ति प्रक्रिया कसैले चाहँदैमा पछाडि नर्फकने बताउँदै जेठ १४ मै पुरा हुने बताउनुभएको छ । रिपोर्टस क्लवको १४ औ बार्षिकउत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले शान्ति प्रक्रियाको लागि शुक्रबार भएका दुई बैठक महत्वपुर्ण भएको बताउनुभयो ।
कम क्षतिमा राम्रो सडक बनाउनुसः प्रधानमन्त्री
१६ चैत, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाण्डौं उपत्याकाभित्र जारी सडक विस्तारको प्रगतिबारे जानकारी लिदैं कम क्षतिमा उन्नत सडक बनाउन निर्देशन दिनुभएको छ । विहिबार प्रधानमन्त्री कार्यालयमा ट्राफिक प्रहरीका डिआईजी गणेशराज राई र काठमाण्डौ उपत्यका नगर विकास योजना प्रमुख भाईकाजी तिवारीले बाटो विस्तारमा भइरहेका प्रगतिबारे जानकारी दिनुभएको थियो ।
समाचार
अरुको आँखामा
अन्तवार्ता