संघीयतापक्षधरको मोर्चा आवश्यक

काठमाण्डौ १९ असार ।
राष्ट्रिय सहमति र एकताको लागि नागरिक समाज, विभिन्न दलका युवा नेता, कलाकार र उद्योगि व्यवसायीहरु सँग छलफल गरिसक्नु भएका प्रधानमन्त्री डा. बावुराम भट्टराईले मंगलबार विभिन्न पार्टीका जनजाती नेताहरु सँग छलफल गर्नुभएको छ ।

छलफलमा एमाले उपाध्यक्ष अशोक राई, पृथ्वी सुब्वा गुरुङ, किरण गुरुङ, नेकपा एकीकृतका परि थापा यस्तै नेपाली कांग्रेसका ईन्द्रवहादुर गुरुङ, जिपछिरिङ सेर्पा लगायतको उपस्थिति रहेको थियो ।

छलफलको क्रममा जनजाती नेताहरुले संघियातावादीहरुको वृहत मोर्चा बनाउनुपर्नेमा जोड दिएका छन् । सडक वलियो भए मात्र अधिकार सुरक्षित हुने भन्दै उनिहरुले मोर्चा निर्माणमा पहल लिन प्रधानमन्त्रीलाई सुझाव दिए ।

सो छलफलमा प्रधानमन्त्री डा. बावुराम भट्टराईले संघियताकै प्रश्नमा गएर संविधानसभा असफल हुन पुगेको बताउनु भयो । दुईवटा मुख्य उपलब्धीहरु गणतन्त्र र संघियता भएको बताउँदै यसमा कसै सँग सम्झौता हुन नसक्ने धारणा राख्नुभयो । पहिचान र अधिकार सहितको संघियता लक्ष्य भएको बताउनुभयो । संविधानको अन्तरवस्तु मुख्य र सरकार अंस भएको पनि उहाँले बताउनुभयो । संविधानसभाबाट बाहेक अन्य तरिकाबाट संविधान जारी गर्न नहुने उहाँको धारणा थियो । प्रधानमन्त्री भट्टराईले सहमतिको आधारमा संविधानसभा पुनस्थापना हुन्छ भने आफुलाई आपत्ति नभएको बताउँदै निर्वाचनमा जानुनै लोकतान्त्रीक भएको स्पष्ट पानुभयो । उहाँले समयमै संघियता पक्षधरहरु एकताद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

एमाले उपाध्यक्ष अशोक राईले संघियतावादीहरुको बृहत मोर्चा आवश्यक रहेको बताउनुभयो । कुनै आयोग बनाएर संविधान जारी गर्न नहुने बताउँदै उहाँले संविधानसभाबाटै संविधानजारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलहरु निर्वाचनमा जान इन्कार गर्न नहुने स्पष्ट पार्नुभयो ।

नेकपा (एकीकृत) का परि थापाले एमाले र कांग्रेसले राष्ट्रपतिलाई उक्साउन खोज्नु असैद्धान्तीक राजनीतिक कदम भएको बताउनुभयो । सरकार बदल्ने कुनै संवैधानिक आधार नभएको उहाँको धरणा रहेको थियो ।

अर्का नेता इन्द्रवहादुर गुरुङले दलहरुको बीचमा सहमति हुन नसक्ने बताउँदै सम्झौता वा समझदारी हुनुपर्नेमा जोड दिनुभयो ।