सर्वदलिय बैठक सम्पन्न: पूर्ण बजेट ल्याउन प्रधानमन्त्रीलाई सुझाव

काठमाण्डौ, २६ असार ।
राष्ट्रिय सहमति, सहकार्य र एकताको लागि विभिन्न पहल गर्दै आउनुभएका प्रधानमन्त्री डा. बावुराम भट्टराईको पहलमा पूर्व संविधानसभामा प्रतिनिधत्व गर्ने २६ राजनीतिक दलहरुको बीचमा बैठक सम्पन्न भएको छ ।

 वैठकले सहमतिको लागि प्रयास जारी राख्नु पर्नेमा जोड दिएको छ । वैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले सरकारलाई पूर्ण बजेट ल्याउनको लागि सुझाव दिएका छन् । तृतियांस बजेटले समस्या समाधान हुन नसक्ने भन्दै प्रधानमन्त्रीलाई पूर्ण बजेट ल्याउन सुझाव दिए । कांग्रेस ,एमाले लगायत केही दलहरुले सहमति र सहकार्यको पहल गर्न आयोजना गरिएको बैठकनै वहिस्कार गर्नु गतल भएको उनिहरुको धारणा रहेको छ ।

बैठकमा प्रधानमन्त्री डा. बावुराम भट्टराईले कांग्रेस र एमाले पनि सहमतिमा आउनुको विकल्प नभएको बताउनु भयो । सहमति बाट भाग्नाले समाधान ननिस्कने बताउँदै उहाँले कांग्रेस एमालेलाई सहमतिमा आउनुको लागि आग्रह गर्नुभयो ।
वैठकमा निम्न दलहरुको उपस्थिति रहेको थियो–

सरकार द्धारा राष्ट्रिय सहमति र एकाताको लागि मंगलबार आयोजना गरेको सर्वदलिय बैठकमा उपस्थित दलहरुको नामावली
१) एकीकृत नेकपा (माओवादी)
२) तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)
३) मधेशी जनअधिकार फोरम नेपाल
४) मधेशी जनअधिकार फोरम गणतान्त्रिक
५) नेपाल मजदुर किसान पार्टी
६) नेपाली जनता दल
७) नेपाल परिवार दल
८) नेपाल लोकतान्त्रिक समाजवादी दल
९) नेपाः राष्ट्रिय पार्टी
१०) समाजवादी जनता पार्टी
११) नेकपा एकीकृत
१२) राष्ट्रिय जनशक्ति पार्टी
१३) चुरेभावर राष्ट्रिय एकता पार्टी
१४) माले समाजवादी
१५) राष्ट्रिय सद्भावना पार्टी
१६)  माले समाजवादी पार्टी
१७) नव नेपाल निर्माण पार्टी
१८) नेकपा संयुक्त
१९) तमलोपा नेपाल पार्टी
२०) रा.म.स. पार्टी
२१) संघिय सद्भावना पार्टी
२२) संघिय लोकतान्त्रिक (थारुहट)
२३) जनता दल यूनाईटेड
२४) मधेशि जनअधिकार फोरम (लोकतान्त्रिक)
२५) सद्भावना पार्टी
२६) राष्ट्रिय जनमुक्ति पार्टी