संघीयता पक्षधरहरुको वृहत मोर्चा निर्माण हुने

काठमाण्डौ, २५ साउन ।
संघियताका पक्षधर राजनीतिक दलहरुको मोर्चा बनाउने विषयमा विहीबार वृहत छलफल भएको छ ।

प्रधानमन्त्री कार्यलय वालुवाटारमा भएको छलफलमा २१ राजनीतिक दलहरुको उपस्थिति रहेको थियो । जनयुद्ध, ०६२।६३ को संयुक्त जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति, दलित, महिला तथा मुस्लिम आन्दोलनको भावना र माग अनुरुप गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयतासहितको राज्यको पुनःसंरचनालाई संस्थागत गर्नु भएकोले देशलाई निकास दिनको लागि संघियतावादीहरु एक ढिक्का भएर अगाडि जानुपर्ने वैठकले निष्कर्ष निकाले को छ ।

वैठकले संविधानसभाको अबसानले प्रतिगामीहरु हौसिएको र प्रतिक्रान्तिकोे खतरा बढेको भन्दै देशलाई तत्काल निकास दिनुपर्नेमा जोड दिएको छ ।  अहिले नेपाल र नेपाली जनता नयां गठबन्धन र नयां निकासको व्यग्र प्रतीक्षामा रहेको भन्दै वैठकले संघियता पक्षधरहरुको वृहत मोर्चा बनाउन आवश्यक रहेकोमा जोड दिएको छ । ‘ऐतिहासिक आवश्यकतालाई पूरा गर्न संघीय लोकतान्त्रिक गठबन्धनको निर्माण जनरुरी भएको छ’ वैठकमा सहभागि अर्थमन्त्री तथा एनेकपा माओवादीका स्थिायी समिति सदस्य बर्षमान पुनले भन्नुयो ।

वैठकमा संघीय लोकतान्त्रीक गठवन्धनको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । सो प्रस्तावित नीति तथा कार्यक्रम माथि आफ्नो दलमा छलफल गरि पुनः साउन २८ गते दलहरु बैठक बस्ने छन् । देशलाई निकास दिन र सहमति गर्नको निर्माण गर्नको लागि संघीयता पक्षधरहरुको मोर्चा आवश्यक रहेको मधेसि जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजय कुमार गच्छेदारले बनाउनु भयो ।

बर्तमान राजनीतिक संकट समाधानका लागि पहिलो विकल्प संविधानसभा (व्यवस्थापिका–संसद्) को निर्वाचन र दोस्रो विधानसभा पुनःस्थापना मार्फत संविधान जारी र व्यवस्थापिका संसदको निर्वाचन भएको बारे वैठकमा छलफल भएको छ ।

सघीय लोकतान्त्रीक गठवन्धनको कार्यभारको बारेमा पनि वैठकमा छलफल भएको छ । गठवन्धनले संविधानसभाको अन्त्य गराउने, नयाँ संविधान बिरोधी तत्वहरूलाई जनताको कठघरामा उभ्याउने, तिनिहरुको  भण्डाफोर गर्ने एवं जनताबाट विस्थापित गराउने तर्फ लाग्ने छ ।  पुरानो राज्यव्यवस्था तथा यथास्थितिवादी दलहरुका कारण जनतामा देखिएको विभाजनलाई जनताको आपसी एकता, सामाजिक सद्भाव, समानता, स्वतन्त्रता र स्वाभिमानको स्थापना सहित समृद्ध नेपाल निर्माण गर्ने वैठकमा छलफल भएको छ ।

आजको छलफलमा छुटेका दलहरु २८ गतेको बैठकमा सहभागि हुने छन् ।

आजको वैठकमा सहभागि दलहरु
१) एकीकृत नेकपा (माओवादी)
२) नेपाल परिवार दल
३) माले समाजवादी
४) जनता दल युनाईटेड
५) राष्ट्रिय जनमुक्ति पार्टी
६) समाजवादी जनता दल
७) चुरेभावर राष्ट्रिय एकता पार्टी
८) तराई मधेश लोकतान्त्रीक पार्टी
९) फोरम लोकतान्त्रीक
१०) ताम्सालिङ नेपाल राष्ट्रिय दल
११) नव जनवादी मोर्चा
१२) स.लो.रा.म (थरुहट)
१३) मधेशी नागरिक समाज
१४) संघीय सद्भावना पार्टी
१५) राष्ट्रिय सद्भावना पार्टी
१६) नवनेपाल निर्माण पार्टी
१७) नेपाल लो.स. दल
१८) मधेसी जनअधिकार फोरम (लोकतान्त्रीक)
१९) नेपाः राष्ट्रिय पार्टी
२०) मधेसी जनअधिकार फोरम (गणतान्त्रीक)
२१) सद्भावना पार्टी