उद्यमशिलता र व्यवसायीकताले मात्र आर्थिक विकास– प्रधानमन्त्री

काठमाडौ, १ भदौ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्यमशिलता र व्यवसायीकताले मात्र आर्थिक विकास सम्भव हुने बताउनु भएको छ ।

उच्चस्तरिय व्यवसाय मञ्चको वैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री डा. भट्टराईले व्यवसाय प्रर्वद्धनको लागि सरकार प्रतिवद्ध भएको बताउनु भयो । उहाँले आर्थिक विकासको लागि सरकारले मात्र नभएर सवै क्षेत्रको पहल हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले विदेशी लगानि भित्रायाउनको लागि प्रोत्साहन गर्ने पनि प्रधानमन्त्रीले बताउनु भयो । विदेशी लगानि भित्राउनको लागि नै विप्पा सम्झौता भएको बताउँदै उहाँले छिट्टैनै चिन सँग पनि विप्पा गरिने बताउनु भयो । विदेशी लगानि भित्रायाउनको लागि र आर्थिक विकास गर्नको लागि नै विप्पा गरिएको बताउँदै उहाँले यसको बारेमा गलत प्रचार गरिएको बताउनु भयो ।

दुई छिमेकीहरु सँग नेपालले बजार विस्तार गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । दुई छिमेकी देश सँग हवाई, संञ्चार, रेल जस्ता विकासका पूर्वाधारहरुले जोड्नुपर्नेमा जोड दिनुभयो । आर्थिक सम्वृद्धि विना राष्ट्रियता कमजोर हुने उहाँको तर्क थियो ।