डा.भट्टराई नम्बर एक नेता

पुष्पकमल दाहाल ‘प्रचण्ड’  ।
 
हामी नेपाली राजनीतिको असाध्यै गम्भीर मोडमा छौं । सवा तीन वर्षदेखि शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउने र संविधान निर्माण गर्ने मिसनमा लागिरहेका छौं । १२ बुँदे समझदारी गरेर अन्तरिम संविधान बनाउँदै गर्दा हामीले संविधान निर्माण नहुन्जेल सहमतिको प्रक्रियाबाट जानेछौं भनेका थियौं । तर दुःखको कुरा संविधानसभाको निर्वाचनपछि हाम्रो त्यो प्रतिबद्धतामा केही परिवर्तन आयो । यो तीन वर्ष हामी नियमित संसदीय प्रणालीमा जस्तो बहुमत पु¥याउने र सरकार बनाउने तथा गिराउनेतर्पm गयौं । संविधानसभा नियमित संसदीय प्रणाली होइन । इतिहासमै विरलै प्राप्त हुने संविधानसभामा हामी छौं । संविधानसभाको निर्वाचनपछिको यो सवा तीन वर्षे कार्यकालले दुनियाँको अगाडि हाम्रो प्रतिष्ठा र विश्वसनीयतामा प्रश्न उठेको छ । आम जनताको हामीप्रतिको आशा÷भरोसामा कमी आएको छ ।
फेरि पनि गएको जेठ १४ गते पाँच बुँदे सहमति कायम गरेर शान्ति र संविधान लेखन प्रक्रियालाई अगाडि बढाउने भन्यौं । प्रधानमन्त्रीको राजीनामापछि देश सहमतीय प्रधानमन्त्री पाउने आशाअनुरूप विभिन्न छलफल ग¥यौं । तर फेरि पनि हामी त्यसमा सफल हुन सकेनौं र बहुमतीय प्रणालीमा जान बाध्य भयौं । राष्ट्रिय सहमति कायम गर्न दलहरूले आपूmभित्र कै अन्तर्विरोधहरूलाई पनि हल गर्दै जानुपर्छ । आफ्नै पार्टीभित्र एकता कायम गर्न नसकी ती दलहरूले राष्ट्रिय सहमति कायम गर्न सक्दैनन् ।
संविधानसभाको सबैभन्दा ठूलो दल हुनुको नाताले शान्ति र संविधान लेखनलाई केन्द्रविन्दुमा राखेर जानुपर्छ भन्नेमा गम्भीर छलफल गरी हाम्रो पार्टीमा नयाँ एकता कायम ग¥यौं । हाम्रो पार्टीले शान्ति र संविधानमा सम्पूर्ण ध्यान तथा शक्ति केन्द्रित गर्ने संस्थागत निर्णय ग¥यौं । हामील आफैंभित्र एकता कायम गर्दै देशलाई पनि एकताबद्ध गर्ने उद्देश्यले हाम्रो केन्द्रीय समितिको एकमतले हाम्रो दलका उपाध्यक्ष क.बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनायौं । जो आफ्नो बौद्धिकताको निम्ति र आन्दोलनमा आफ्नो त्याग, तपस्याको कारणले मजदुर, किसानदेखि देशका सम्पूर्ण बुद्धिजीवी, तहतप्कामा सुपरिचित नाम हो– डा.बाबुराम भट्टराई ।
शान्तिप्रक्रिया निष्कर्षमा पु¥याउन, जनअपेक्षाअनुरूप संविधान लेख्न र राष्ट्रिय सहमति कायम गर्नका लागि यो एउटा गम्भीर तथा दूरगामी निर्णय हो । यो निर्णयले माओवादीभित्र मात्र एकता कायम गरेको छैन कि देशमै एकता कायम गर्ने वातावरण बनेको छ । जनताको बीचमा नेताहरू पदका लागि लुछाचुँडी गर्छन् भन्ने परम्परालाई तोड्दै देश र जनताको चिन्तालाई सम्बोधन गर्ने गरी त्याग गर्न सक्ने नेता तथा दलहरू पनि छन् भन्ने पुष्टि गरेको छ । यहाँ त्यस्ता दलहरू पनि छन्– जसले आफैंभित्र नयाँ एकता कायम गर्दै देशलाई नयाँ दिशा दिन सक्छ ।
यो निर्णयसँगै हाम्रो दलको सेना समायोजन र संविधान लेखनबारे पछिल्ला निर्णयहरूले प्रमुख दलहरू यो प्रक्रियामा धेरै नजिक पुगेको महसुस गरेको छु । सहमतिबाट छिटोभन्दा छिटो शान्तिप्रक्रिया र संविधान लेखनलाई निष्कर्षमा नपु¥याउने हो भने देश ठूलो अन्धकार, अराजकता, अन्योलको भुमरीमा पुग्छ भन्नेमा सबै दलहरू एकमतमा पुगेको स्थिति छ । अहिले बहुमतीयबाट सरकार बन्ने स्थिति बने पनि सबैभन्दा ठूलो दल हुनुका नाताले हामीले राष्ट्रिय सहमतिको सरकार बनाउने भरमग्दुर प्रयास गरेकै हौं ।
संविधानसभाको अन्तिम चरणमा हामी पुगेका छौं । यो चरणमा शान्ति र संविधान लेखनलाई निष्कर्षमा पु¥याउन सकेनौं भने निकै ठूलो दूरदर्शी नेपाल राष्ट्र र नेपाली जनताले भोग्नुपर्ने चित्र हाम्रो अगाडि छ । त्यसकारण पनि हाम्रो भागमा परेको त्याग र बलिदान दिन हामी तयार छौं । हामीले यो तीन वर्षको बीचमा पक्कै निकै धेरै उपलब्धि पनि हासिल गरेका छौं । हामीले केही साहस र चुनौती मोलेर ती उपलब्धिहरू हासिल गरेका हौं । तर विकासकै नियमअनुसार हामी यो बीचमा निकै उतारचढावमा गयौं । तीता मीठा अनुभवहरू पनि हासिल ग¥यौं । र, हामी अहिले परिपक्व भएका छौं । कहाँ गल्ती ग¥यौं भन्ने अहिले महसुस गरेका छौं । बाहिर भने पनि नभने पनि सबै राजनीतिक दलका नेताहरूले छातीमा हात राखेर भन्यौं भने उनीहरूले कहीं न कहीं गल्ती गरेको महसुस गरिरहेका छन् । अब योे अन्तिम चरणमा त्यसलाई सच्याउनुपर्छ । हामी योे मिसनमा सफल भए सबै सफल हुनेवाला छौं र यो मिसनमा असफल भए सबै असफल हुनेवाला छौं ।
तीन वर्षपछि हाम्रो चेतना नयाँ स्तरमा आएको छ । त्यसकारण हामी यो मिसनमा सफल हुने तीव्र इच्छाशक्तिका साथ अगाडि बढ्यौं भने एक÷डेढ महिनाभित्र नयाँ गति, जीवन र आत्मविश्वास नेपाली जनतामा भर्न सकिन्छ भन्ने विश्वास हाम्रो पार्टीले लिएको छ । सहमतीय सरकार निर्माणका लागि पनि हामीले हाम्रो चेतनाले भ्याएसम्म पूरै इमानदारीका साथ लाग्यौं । अहिले दलहरूबीच पूरै तुँवालो त हटेको छैन– तर कहीं न कहीं विश्वासको नयाँ धरातल खडा भएको छ । विभिन्न दलहरूसँग छलफल गर्ने क्रममा हामीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग एउटा सहमति र समझदारी भएको छ । त्यो सहमतिअनुसार विगतका सरकारसँग भएका जुनसुकै सम्झौता र सहमतिलाई कार्यान्वयन गर्नुपर्छ भन्नेमा सहमत भएका छौं । सबै राजनीतिक दलसँग पनि सहमति कायम गर्नुपर्छ भन्नेमा पनि मधेसी मोर्चा र हामीबीच सहमति भएको छ ।
गएको हप्ता कांग्रेस सभापति र म दुई जनामात्रै बसेर छलफल गरेर सहमतिको सरकार बनाउन नसके पनि बहुमतीय सरकार बने पनि शान्तिप्रक्रिया तथा संविधान लेखनमा मिलेर जानुपर्छ भन्ने सहमति कायम गरेका थियौं । त्यसैगरी एमालेका नेताहरूसँग पनि छलफल भएको छ । हाम्रो दलका तर्पmबाट प्रधानमन्त्रीका उम्मेदवार डा.बाबुराम भट्टराई जो समकालीन नेपालमा आफ्नो बौद्धिकताका कारणले सम्पूर्ण विद्यार्थी, बुद्धिजीवीमा सुपरिचित त हुनुहुन्छ नै– साथै जनयुद्धको क्रममा असाध्यै त्याग, तपस्या र कठिन जीवन बिताएर आम मजदुर, किसानमा पनि उहाँहरूको मित्रको रूपमा स्थापित हुनुभएको छ । हामी माओवादी बहस पनि अत्यन्त तीव्रतामा गएर गर्छाैं । त्यसले हाम्रा शुभचिन्तक, समर्थक र मित्रहरूमा पनि डर उत्पन्न गराउँछ । तर फेरि देश, जनता र परिवर्तनको आकांक्षा पूरा गर्न नयाँ एकता कायम गर्न फेरि त्यही उत्कर्षमा पुग्न हामी सक्षम छौं भन्ने फेरि प्रमाणित गरेका छौं । त्यसका निम्ति हामी दायाँ हट्नुपरे दायाँ बायाँ जानु परे बायाँ, अगाडि जानु परे अगाडि र पछाडि हट्नुपरे पछाडि जान्छौं । जे गरे पनि राष्ट्र र जनताप्रति परिवर्तनको यो प्रक्रियालाई संस्थागत गर्न हामी आपूmभित्र एकता कायम गर्छाैं । यो कुरा अहिले पनि लागू भएको छ । हामी आपूmभित्रको कार्य विभाजनलाई देशको वस्तुगत आवश्यकताअनुसार पूरा गर्न सक्छौं भन्ने कुरालाई पनि पुष्टि गरेका छौं ।
हामीले अरु दलका साथीहरूसँग प्रधानमन्त्रीको निर्वाचनबारे कुरा गर्दा उहाँहरूले उम्मेदवारहरूमध्ये बाबुराम भट्टराई ‘ए वान’ उम्मेदवार भनेर मलाई धेरै साथीले सुनाउनुभयो । नेपाली जनता र हाम्रो दलको चाहना पनि डा.भट्टराईमार्फत शान्ति र संविधानले पूर्णता पाओस् भन्ने हो । तर फेरि पनि व्यक्ति प्रमुख होइन– पार्टी प्रमुख हो । आम नेपाली जनता र दलहरूको निर्णय नै प्रमुख हो । हामी सबैले सामूहिक प्रयत्न नगरी एउटै व्यक्तिले मात्रै गर्न सक्छ भन्ने कुरा पनि सत्य होइन । हामी सबैले सामूहिक प्रयत्न गरेरमात्रै ऐतिहासिक जिम्मेवारी र मिसन पूरा गर्न सक्छौं । त्यसकारण यो कुनै पनि व्यक्तिविशेषको कुरा नभई नेपालको राजनीतिमा नयाँ गति लिने विषयसँग सम्बन्धित कुरा हो । हामी सहमतीय सरकार निर्माण गर्न नसके पनि सहमतिको लागि अन्तिमसम्म प्र्रयत्न गर्ने र शान्ति तथा संविधानलाई पूर्णता दिन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।
पुरानो सत्ताद्वारा उत्पीडितलाई एकताबद्ध गर्न नसकेसम्म नयाँ राष्ट्रिय एकता कायम गर्न सक्दैनौं । यस अर्थमा त्यस्तो राष्ट्रिय सहमति जसले परिवर्तनलाई आत्मसात गर्न सक्छ– त्यसप्रति हामी इमानदार भएर लाग्यौं भने हाम्रो सफलता अब त्यति धेरै टाढा छैन । निकट भविष्यमा नै हामी हाम्रो मिसनमा सफल हुनेछौं र समृद्ध नेपाल निर्माणको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्छौं ।
(प्रधानमन्त्रीमा डा.बाबुराम भट्टराईलाई निर्वाचित गरियोस् भने प्रस्ताव व्यवस्थापिका सदनमा प्रस्तुत गर्दा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले भदौ ११ गते दिनुभएको मन्तव्यको सम्पादित अंश)