अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
अन्तर्वार्ता
 
आधा सपना पुरा भएको छ
बाबुराम भट्टराई
 

तपाईंहरुले सरकार छाड्ने क्रममा विदेशी प्रभुका सामु झुक्दैनौं भनेर कसलाई इंगीत गर्न खोज्नुभएको हो?
हलेदो भनेर चिनिसकेपछि त्यसलाई कोट्याउनु आवश्यक छैन सुगौली सन्धिपछि नेपालमा हुने गतिविधिका बारेमा सबै जानकार छन्।

सुगौली सन्धिपछि भन्नाले पश्चिमा देशहरु अमेरिका, बेलायत छिमेकी देश भारतलाई भन्न खोज्नुभएको हो विदेशी प्रभुहरु भनेर?
सुगौली सन्धिअघि नेपालीहरुले विदेशी शक्तिहरुसाग वीरतापूर्वक लडेर विजय हासिल गरेकै हुन्। सुगौली सन्धिका बेला हामीले पराजय भोग्नुपर्‍यो। त्यसपछि हामीमाथि पटकपटक असमान सन्धिहरु लादिए। ती असमान सन्धिहरुमा टेकेर विदेशीहरुले हामीमाथि दखल दिंदै आएका छन्। त्यसबाट पूर्ण मुक्ति हामीले अझै पनि पाएका छैनौं।

प्रधानमन्त्रीले विदेशी प्रभुहरु झुक्दिन भन्नुभयो, तर भोलिपल्टै खबरहरुमा आयो, उहाले नेपालको समस्या समाधान गर्नका लागि भारतसग गुहार माग्नुभएको रहेछ?
झुक्नु रायसल्लाह, सुझाव लिनु फरक कुरा हो। हामी कुटनीतिक ढङ्गले विभिन्न देशहरुसाग सम्बन्ध राख्नुपर्छ भन्ने मान्यता राख्छौं। व्यवहारिक हिसाबले पनि त्यो आवश्यक हुन्छ। तर कसैसग रायसल्लाह लिनु झुक्नु फरक कुरा हुन्। हामी झुक्दैनौं भन्यौ झुक्दैनौं पनि। रायसल्लाह लिनुपर्छ लिन्छौं पनि।

भारतमा यदि चुनाव नभइदिएको भए प्रधानमन्त्री प्रचण्डले  मागे अनुसारको विशेष कुटनीतिक व्यक्ति आउन सकेको भए तपाईंहरुको सरकार यति छिटो ढल्दैनथ्यो कि?
हामी त्यसो भन्दैनौं। हामीले के मात्र भन्न खोजेका हौं भने, नेपालमा जुन किसिमले राजनीतिक घटनाक्रम अगाडि बढिरहेको , मुलुकभित्र आन्तरिक राजनीतिक शक्तिहरुकै भूमिका प्रधान छ। तर सहायक रुपमा विदेशी शक्तिहरुले पनि भूमिका निर्वाह गरिरहेका हुन्छन्।

आजभन्दा केही वर्षअघि भारतको मान्छे भनेर तपाईंलाई कारबाही गरेको थियो नि पार्टीले?
मलाई कारबाही गरिएको भारतीय मँन्छे भनेर होइन। जसले राजतन्त्रको विरोध गर्छ, त्यसलाई अराष्ट्रिय तत्व भनेर भन्ने प्रचलन पञ्चायतमा थियो। मैंले नेपालमा क्रान्तिकारी आमूल परिवर्तन अगाडि बढाउनका निमित्त सबैभन्दा ठूलो बाधक राजतन्त्र हो, त्यसलाई उखेल्नपर्छ भन्ने कुरा पार्टीमा जबर्दस्त ढङ्गमा राखेको थिए त्यसलाई मन नपराउने पार्टी भित्र बाहिरका मानिसहरुले मेरो चरित्र हत्या गर्ने कोसिस गरेका थिए। तर अन्त्यमा मैंले भने अनुसार नै नेपालमा राजतन्त्र अन्त्य भएरै छाड्यो गणतन्त्र पनि स्थापना भयो। यसमा मलाई गर्व छ।

तपाईंहरु खासगरी अहिले छिमेकी देश भारतको किन यतिधेरै विरोध गरिरहनुभएको ?
हामी सबै विदेशीहरुको सहयोग चाहान्छौं। देशी विदेशी सबैको सहयोग लिएर हामी नयाँ नेपाल निर्माण गर्न चाहान्छौं। तर त्यसको अर्थ कसैको आदेशका अगाडि हामी झुक्दैनौं।

तपाईंहरुले भन्नुभएको यो झुक्ने सहयोग लिने भनेको कस्तो हो?
राष्ट्रिय हितमा हाम्रा प्राथमिकता अनुसार हामीले माग्ने सहयोग प्राप्त गर्नु सहयोग हो। तर हामीले नमागेका कुराहरु, राष्ट्रिय हित विपरितका कुराहरु कसैले थोपर्न, लाद्न खोज्छ भने त्यसलाई मान्नुलाई हामी झुक्नु भन्छौं।

सरकार टिकाउनका लागि केही भनेको भएचाहिं त्यो सहयोग हुन्थ्यो सरकार टिकाउन सल्लाह नदिएको हुनाले त्यो झुकाउन खोजेको भयो हो?
सरकार टिकाउनकै लागि हो भने हामीले राजीनामा दिनुपर्ने आवश्यकता नै थिएन। त्यसकारण सरकार टिकाउनका लागि होइन। हामी मूल्यमान्यता आदर्शका निम्ति सरकार छोड्न पनि तयार भएर राजीनामा दिएका हौं।

त्यसो भए भारतले रुक्माङ्गत कटवाललाई हटाऊ भनेको भए सहयोग हुन्थ्यो हो?
हामीले त्यसो भन्न खोजेका होइनौं। यो हाम्रो आन्तरिक मामला हो। रुक्माङ्गत कटवाल दरबारबाट पालितपोषित व्यक्ति हुन् जसले नेपालको यो राजनीतिक परिवर्तनलाई आत्मसात गर्न सकिरहेका छैनन्। हामीले उनलाई स्वविवेकबाट कारबाही गर्न चाह्यौं। तर भारतले कारबाही नगर भन्ने कुरा गरेपछि हामीले जनअनुमोदित सरकारले कारबाही गर्न पाउछ, तिमीहरुलाई चित्त बुझ्दैन भने छलफल गर्न कोही दूत पठाइदेऊ भनेर हामीले भनेका हौं।

अहिले माओवादीले कांग्रेस एमाले लगायत अन्य दलका नेता, कार्यकर्तालाई  गाउँबाट लखेट्न निर्देशन जारी गरेको , तपाईंहरु फेरी पुरानै बाटोमा फर्कन लाग्नुभएको हो?
हामीले कांग्रेस एमालेलगायत अन्य दलका कार्यकर्ताहरुलाई गाउँ छाड्न आदेश दिने भन्ने हाम्रो पार्टीको कुनै निर्देशन छैन। हाम्रो पार्टीले त्यस्तो उर्दी जारी गरेको छैन, यदि त्यस्तो भएको भने यो हाम्रँे पार्टी नीति विपरित हो।

यो तपाईंहरुको द्वैध चरित्र भएन ? गाउँ गाउँमा अन्य दलका नेता कार्यकर्तालाई  गाउँबाट छाड्न पत्राचार गरिएको , दोलखामा स्कुल नै बन्द छ। यस्ता घटनाहरु धेरै छन् नि?
नेपाल अहिले ऐतिहासिक संक्रमणबाट गुज्रेको हुनाले हामी सबै मिलेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्नुपर्छ। हिजो कांग्रेस, एमाले, मधेशवादी दलहरु, पार्टीमा नलागेका साथीहरु हामी सबैको बलिदान त्यागले नेपालमा गणतन्त्र स्थापना भएको हो। आज यसलाई संस्थागत गरेर अगाडि बढ्नुपर्ने दायित्व हाम्रो सामु , यतिबेला यो शिशु गणतन्त्रलाई कसरी हुर्काउने भन्ने नै चिन्ताको विषय हो। मैंले सुरुदेखि राजतन्त्रको अन्त्य, संविधानसभा गणतन्त्रको स्थापनाका लागि आवाज उठाउदै आए, अहिलेसम्म आइपुग्दा मेरो आधा सपना पुरा भएको छ।
पार्टीको आधिकारिक धारणा व्यक्त गर्न सक्ने हैसियत राख्ने व्यक्ति हो। हाम्रो पार्टीको आधिकारिक धारणा विपरितका काम कारवाहीहरु भएछन् भने त्यसलाई सच्याउन हामी तयार छौं। तर दोष माओवादीको मात्र छैन, अरु पक्षका पनि छन्। त्यसलाई पनि हेर्नुपर्छ।

स्थानीय तहमा तपाईंहरुका कार्यकर्ता नेतृत्वको नियन्त्रणमा छैनन् भनिन्छ नि?
हाम्रो पार्टी अनुशाशित पार्टी हो। त्यकारण हाम्रा सबै कार्यकर्ताहरु अनुशासित छन्। हिजो हामी ज्यान हत्केलामा राखेर लडेका थियौं। तर पनि स्थानीय रुपमा अन्तर्विरोधहरु छन्। वर्गीय रुपमा पनि हाम्रा अन्तर्विरोधहरु छन्।

अहिले तपाईंहरुले सेनालाई किन चलाउन खोज्नुभएको हो?
यतिखेरको मुख्य मुद्दा भनेको नागरिक सर्वोच्चता स्थापित गर्ने कि नगर्ने भन्ने हो। जनअनुमोदित सरकारले राज्यको सेनालाई आफ्नो नियन्त्रणमा राख्नसक्छ।

नयाँ भर्ना, आठ जर्नेलको अवकाश खेलकुदमा नेपाली सेनाको सहभागिता नभएको विषयलाई लिएर सेनापतिलाई कारबाही गर्न खोज्दा, यी तीनओटै मुद्दाहरुमा तपाईहरु कमजोर हुनुहुन्थ्यो नि होइन?
यसलाई रुप पक्ष भन्दा पनि सारमा जाऔं। ०१७ सालपछि सेनालाई पटकपटक दुरुपयोग गरेर प्रतिक्रान्तिकारी हर्कतहरु भए। ०१७ देखि ०६१ सम्म यस्ता घटनाहरु दोहोरिरहे। मैंले यसरी पुरै नेपाली सेनालाई दोष लगाउन खोजेको होइन, सेनाभित्रका रुक्माङ्गत कटवाल प्रवृत्तिका मानिसहरु छन्। उनीहरुले यो परिवर्तनलाई आत्मसात् गर्न सकेका छैनन्। दोस्रो जनआन्दोलनपछि उनलाई कारबाही गर्नुपर्छ भन्ने कुरा सडकबाट उठेकै हो।

तर त्यतिबेला किन कारबाही गर्न सक्नुभएन ?
हामी सरकार गठन गरेलगत्तै रुक्माङ्गत कटवाललाई कारबाही गर्न चाहान्थ्यौं। तर संयुक्त सरकारका आफ्नै बाध्यताहरु हुन्छन्। सबैको सहमति जुटाएर भ्यागुताको धार्नी पुर्‍याउनुपर्ने भएकाले यसमा ढिलाई हुदै गयो। अन्त्यमा आएर एमाले, फोरम लगायतका सबै दलहरुको सहयोग प्राप्त भएपछि हामीले कारबाहीको प्रक्रिया अगाडि बढायौं तर विभिन्न शक्तिकेन्द्रहरुको दबाबमा ती पार्टीहरु टिक्न सकेनन् माओवादी एक्लो भयो। यसको यथार्थ यही हो।

सेनापतिलाई कारबाही गर्नुपर्छ भन्ने तपाईंहरुको दल दलीय दृष्टिकोणलाई मात्र लागेको कुरा रहेछ नि?
नेपालको बिडम्बना भन्दा अहिले नागरिक सर्वोच्चता भन्दा माओवादी एक्लै , तर एकदुई वर्षपछि सबै यही बिन्दूमा जम्मा हुनेछन्।

नागरिक सर्वोच्चता भनेको  प्रचण्डले शक्तिखोर भिडियो टेपमा भनेजस्तो सबै संयन्त्र  कब्जा  गरेर आफ्नो सत्ता कायम गर्नुलाई नागरिक सर्वोच्चता भनिएको हो?
यो डेढ वर्ष पहिला छुट्टै सन्दर्भमा भनिएको कुरा हो। त्यतिबेला संविधानसभा निर्वाचन हुन्छ कि हुदैन भन्ने ठूलो द्विविधा थियो। गणतन्त्र आउछ कि आउदैन भन्ने द्विविधाकै कारण माओवादी सरकार छाडेर सडकमा गएको थियो। यदि संविधानसभा भएन भने हामीले संघर्षको अर्को बाटो पनि अपनाउनुपर्नेछ है भन्ने सन्दर्भमा सजग गराइएको कुरा थियो, त्यसमा। अहिले त्यसको कुनै सन्दर्भ छैन।

तर  त्यहाँ  प्रचण्डले सातआठहजार मात्र लडाकू रहेको भनेर उल्लेख गर्नुभएको नि?
उहाले भनेको आधा सत्य हो। कुनै पनि छापामार युद्धमा मिलिसियाको सङ्ख्या कति हुन्छ भनेर कसैलाई थाहा हुदैन। छापामार युद्धमा केन्द्रीय, क्षेत्रीय स्थानीय फोर्सहरु हुन्छ। यहा भनिएको केन्द्रीय कमाण्ड  अन्तर्गत रहने नियमित सेना सातआठ हजार, क्षेत्रीय सेना ३०३५ हजार स्थानीय ५० हजार गरी गरी हामी लाखौंको सङ्ख्यामा थियौं।

तपाईंहरुका सबै कार्यकर्ता सेना हुन्?
अनमिनले समेत प्रमाणीकरण गरेको सेना चलाउन आवश्यक छैन भनेको छ। हामीले युद्धका क्रममा विभिन्न आक्रमणहमा दशौं हजार सेना उपस्थित हुने गरेका थिए। हाम्रँ कार्यकर्ता दशौं लाख छन्। ती सबै कसरी सेना हुनसक्छन्।

प्रसङ्ग बदलौं, तपाईं प्रधानमन्त्री बन्ने पनि हल्ला थियो नि?
यो अनुमान हल्ला मात्र हो। सर्वसाधरणले यसरी मूल्यांकन गर्नुलाई अन्यथा मान्दिन। अहिले प्रधानमन्त्री बन्ने भन्दा पनि नागरिक सर्र्वोच्चता स्थापित गर्ने प्रश्न महत्वपूर्ण हो। व्यक्ति प्रधानमन्त्री हुने कुराले त्यस्तो महत्वपूर्ण अर्थ राख्दैन, महत्वपूर्ण कुरा विधिको हो।

 

जेठ ३ गते बीबीसीको साझा सवाल कार्यक्रममा भएको अन्तरकि्रयाको सम्पादित अंश

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 1 )
 
santosh k.sapkota  [From: sitapaila, ktm] Says:
 
 
i read hole interview...i support his voice and idiology.keep it up!
 
अन्य अन्तर्वार्ता
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।