अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
अन्तर्वार्ता
 
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
 

लामो समयसम्म चलेको पोलिटव्युरो बैठक भर्खरै सकिएको छ, बैठकमा दस्तावेजका विषयमा विवाद पनि आयो भनिन्छ । बैठकको निचोड चाहिं के हो ?

हाम्रो महत्वपूर्ण पोलिटव्युरो बैठक हालै सम्पन्न भएको छ । हामी शान्तिप्रकृयामा आइसकेपछि यति खुला र स्पष्ट ढंगले बहस छलफल गरेर एकमतले एउटा निर्णयमा पुगेको यो असाध्य महत्वपूर्ण बैठक हो । बाहिर चर्चामा आएजस्तो विवाद भएको भन्ने होइन । तर जिवन्त पार्टीमा समसामयिक बिषयमा छलफल हुन्छन् र हुनुपर्छ । खासगरी नेपालमा २००७ साल आसपासदेखि जुन पुँजीवादी जनवादी क्रान्तिको प्रकृया अगाडी बढ्दै आएको छ र दस बर्षे जनयुद्ध र जनआन्दोलनको बलमा त्यसले ठूलो एउटा फड्को मार्यो, हामी संघिय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्यौं । तर अझैपनि त्यसको आधारभूत राज्य र समाजको अर्ध सामन्ती, अर्ध अग्नी ढाँचामा परिवर्तन आएको छैन । त्यसैले हाम्रो मान्यता अहिलेपनि पूँजीवादी जनवादी क्रान्ति पूरा भएको छैन भन्ने हो । त्यसको निम्ति अब कसरी अगाडि बढ्ने त भन्ने बिषय असाध्यै महत्वपूर्ण विषय थियो, त्यसमा छलफल हुनै पथ्र्यो र छलफल भयो । हामी एकमतले के निष्कर्षमा पुगेका छौं भने, २०५७ सालको दोस्रो राष्टिय सम्मेलनपछि पार्टीले आफ्नो लक्ष प्राप्त गर्न संबिधानसभा, अन्तरिम सरकार, गणतन्त्रको रणनीतिले नै हामी अहिलेसम्म यहाँसम्म आइपुगेका छौं । अब पूँजीवादी जनवादी क्रान्ति पूरा गर्न सरकार, सदन र सडक तीनवटा संघर्षको मोर्चाबाट संघर्ष व्यवस्थित गरेर मात्रै नेपालको बिशेषतामा हामीले क्रान्तिलाई पूर्णतामा पुर्याउन सक्छौं भन्ने पोलिटव्युरो बैठकको निष्कर्ष रहेको छ र त्यसमा आम सहमति बनेको छ ।

माओवादीका जिम्मेवार नेताहरुबाट पनि पटकपटक जनविद्रोहमा जाने भन्ने भनाइ आइरहेको छ । बैठकले जनविद्रोह की संविधान निर्माणलाई प्राथमिकता दिने निर्णय गर्यो ?

देव्रे हातकी दाहिने हात, देव्रे आँखाकी दाहिने आँखा भनेजस्तो गरेर संविधान निर्माण की र जनविद्रोह भन्ने प्रश्न गर्नु उपयुक्त होइन । त्यो ढंगको अवस्था हुँदै होइन । हामी नेपालको क्रान्तिलाई आफ्नै मौलिकतासहित पूर्णता दिन चाहन्छौं । त्यसको निम्ति हामीले पहिलेदेखि नै के भन्दै आइरहेका छौं भने नेपालमा जनयुद्ध जनआन्दोलनको संयोजन, सशस्त्र संघर्ष र शान्तिपूर्ण आन्दोलनको संयोजन, ग्रामिण र शहरी संघर्षको संयोजनलाई सन्तुलन मिलाएर नै अहिले संघर्ष अगाडी बढाउनुपर्छ र क्रान्तिलाई पूर्णता दिनुपर्छ । त्यसैले जनविद्रोह र जनआन्दोलन, शान्तिपूर्ण संघर्ष र सशस्त्र संघर्ष यी सबैलाई मिलाएर जानु नै हाम्रो कार्यदिशा हो । त्यसैले यो वा उ, यो छान् र त्यो छाड् भनेर कसैले प्रश्न गर्छ भने त्यो सही होइन, त्यसरी बहस भएको पनि छैन । यी सबै संघर्षलाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो अवधारणा हो ।

अहिले तत्काल माओवादीको प्राथमिकता जनविद्रोह हो की संविधान निर्माण ? संविधान निर्माण अव यहि अबस्थामा हुन सक्दैन हामीले जनविद्रोह गर्नुपर्छ भन्ने हो वा के हो ?

संविधान निर्माण गरेरै अगाडी बढ्ने भन्ने कहाँ विवाद छ ? २०५७ साल जतिवेला हामी सशस्त्र युद्धमा थियौं । त्यतिबेला नै संविधानसभा निर्माणको नारा अघि सारेका हौं । संबिधानसभा भनेको इतिहासमा पूँजीवादी लोकतन्त्रलाई पूर्णता दिने एउटा विधि हो । त्यसलाई अरु पूँजीवादी वर्गका पार्टीहरुले उठाउन सकेनन् तर हामी सर्वहारा वर्गको पार्टीले उठायौं र अन्तत त्यसलाई कार्यान्वयन गरेर संविधानसभाको निर्वाचन गरायौं । त्यो निर्बाचनमा जनताले हामीलाई बहुमत नै दियो । त्यसैले हामी ठूलो पार्टी मात्रै होइन, बहुमत प्राप्त पार्टी हो । त्यो अबस्थामा जनताको जनादेशलाई पालना गर्दै, जनताको संविधान निर्माण गर्नु नै अहिलेको तत्कालिन कार्यभार हो भन्ने हाम्रो निष्कर्ष हो । यसमा हाम्रो एकमत छ, कुनै विवाद छैन ।

त्यसो हो भने जनविद्रोह कहिले हुन्छ भन्ने तपाईंहरुको ठम्याइ हो ?

राजनीतिशास्त्रमा बिद्रोह यतिबेलै हुन्छ भनेर ज्योतिषशास्त्र जस्तो तिथि मिति तोकेर भन्न सकिन्न, यो एउटा प्रकृया हो । हामी क्रन्तिकै दिशमा अगाडी बढेका छौं तर भिन्न ढंगले ।

सरकारको मोर्चाबाटै क्रान्ति हुन्छ भन्ने बिश्वास माओवादीलाई छ कि जनबिद्रोह नै गर्नुपर्छ भन्ने हो ?

सरकार, सदन र सडकको मोर्चा हामीले भनेका छौं । सरकारमा गएर जनताका पक्षमा नेतृत्व गर्ने, संबिधानसमा रहेर जनपक्षीय संबिधान बनाउन पहल गर्ने र ती दुवैमा प्रतिनिधित्व नभएका जनतालाई सडकमार्फत आन्दोलित गर्ने । यी तिनै चिजलाई संयोजन गरेरै नेपालमा क्रान्ति सम्पन्न हुन्छ भन्ने हाम्रो ठम्माई हो ।

दुई तीन हप्ताभित्रै हाम्रो नेतृत्व राष्ट्रिय संयुक्त सरकार बनाउने दावी गरिरहनुभएको छ । त्यसका लागि परिपक्क बाताबरण बन्यो भन्ने लाग्छ ?

संबिधान निर्माण अबधिभर सरकारको नेतृत्व माओवादीले गर्नुपर्छ भन्ने जनादेश जनताले दिएका हुन् । संबिधानसभा जनादेेशको त्यो भन्दा अर्को अर्थ लाग्न सक्दैन् । किनभने प्रत्यक्ष निर्वाचनको २४० मध्ये १२३ सिट त माओवादीले जितेको छ । त्यसैले बर्तमान कठपुतली सरकारलाई सकेसम्म छिटो अन्त्य गर्नुपर्छ र माओवादीको नेतृत्वमा 'राष्ट्रिय संयुक्त सरकार' बनाउनुपर्छ भन्ने हो । हामीले सहमतिको सरकार भनेका छैनौं, बिदेशीका दलाल र नोकरशाही संग हाम्रो सहमति हुनसक्दैन् । सरकारवाट वाहिरिएपछि माओवादीका पक्षमा जुन जनलहर देखिएको छ त्यसले पुष्टी गर्छ माओवादी नेतृत्वका सरकारका लागि राजनीतिक बाताबरण बन्दैछ । माओवादीको नेतृत्वमा 'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छँदै छैन् ।

मानिलिउँ यो सरकार ढल्यो र राष्ट्रपतिको कदम सच्चाउने बिषयमा दलहरुवीच सहमति भएन । त्यसबेला माओवादीले सरकारको नेतृत्व गर्छ कि कदम नसच्चिएसम्म सरकारमा जाँदैन भन्छ ?

सेनाले निशर्तरुपमा नागरिक सरकारको आदेश मान्नुपर्छ र तत्कालीन सरकारले कटवाललाई जुन कारवाही गर्‍यो त्यो कार्यन्वयन हुनुपर्छ भन्ने हाम्रो पहिलो माग हो । त्यो नभएसम्म ब्यबहारतः नेपालमा नागरिक सर्बोच्चता कायम हुन सक्दैन । दोस्रो अन्तरिम संबिधान बिपरित सरकारले गरेको निर्णयलाई उल्टाउने काम जुन राष्ट्रपतिबाट भयो त्यो पनि सच्चाउनुपर्छ र सम्पूर्ण अधिकार प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीमण्डलमा रहनुपर्छ । यी दुई कुरा पुरा भएपछिमात्र माओवादीको नेतृत्वमा 'राष्ट्रिय संयुक्त सरकार' बन्छ ।

प्रधानमन्त्रीको सम्वोधनवाट पनि राष्ट्रपतिको कदम सच्चाउन सकिने भनेर बार्ता गरिरहनुभएको छ । यही सरकारले तपाईका माग सम्वोधन गर्छ भन्ने तपाईलाई लाग्छ ?

हामीले छलफल गरिरहेका छौं सम्वाद प्रकृयाबाटै यो समस्या समाधान होस भनेर । तर कदम सच्चाउने बिषयमा सहमति भएन भने सडक र सदनबाट आन्दोलन चर्काउनुको बिकल्प छैन् ।

राष्ट्रपतिको कदमा सच्चाउने बिधि के के हुनसक्छन ?

मुख्य कुरा रुक्माङगद कटवाललाई जुन कारवाही भएको छ त्यो कार्यन्वयन हुनुपर्छ, उनी जानुपर्छ, उनलाई पदमा वस्ने कुनै अधिकार छैन् । दोस्रो कुरा अधिकारसम्पन्न ब्यवस्थापिकाले राष्ट्रपतिको असंबैधानिक कदमलाई सच्चाउनुपर्छ त्यो अधिकार उसंग छ । राष्ट्रपतिको बदमबिरुद्ध भत्र्सना गरेर सदनबाट प्रस्ताव परित गर्न पनि सकिन्छ र त्यो भन्दा प्रभाबकारी संबिधान संसोधनको बिधि हुनसक्छ । प्रधानमन्त्री र मन्त्रीपरिषदले गरेको निर्णय निर्शत पालना गर्नुपर्छ त्यो बाहेक स्वेच्छाले राष्ट्रपतिले कुनै निर्णय गर्न पाउँदैनन् भन्ने कुरा संबिधानमा ब्यवस्था गर्न सकिन्छ । त्यो भएपछिमात्र माओवादीको नेतृत्वमा नयाँ सरकार बन्छ ।

तपाईहरुको माग बमोजिम माधवकुमार नेपाल नेतृत्वको सरकारले त्यो माग पुरा गर्‍यो भने उहाँको आह्वान बमोजिम माओवादी एमाले नेतृत्वको सरकारमा जान्छ ?

पहिले उनले त्यो सच्चाउन जनताले दिएको आदेश अनुसार चल्ने हो । आम जनताले माओवादीलाई यत्रो बहुमत दिएर सरकारको नेतृत्व गर्न पठाएका हुन् त्यो छाडेर दुई दुई ठाउँवाट चुनाव हारेको ब्यक्तिको नेतृत्वमा सरकारमा आउ भन्नु उनी आफैलाई लाज लाग्नुपर्ने बिषय हो । माधव नेपालको नेतृत्वमा माओवादी सरकारमा आउ भन्ने जुन आह्वान उनले गरिरहेका छन् त्यसबाट सम्पूर्ण जनता एउटा अट्टहासपूर्ण हाँसो हाँसिरहेका छन् । त्यो मूर्खतापूर्ण हर्कत उनले नगर्दा हुन्छ ।

माओवादीले पहिले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र सदनवाट निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । तर अहिले त्यसलाई संसोधन गरेर फेरी जनप्रतिनिधिसभावाट राष्ट्रपति चुनिने भन्नुभयो । यो त संसदीय ब्यवस्थाकै नक्कल हैन र ?

राष्ट्रपति र ब्यवस्थापिका दुवै प्रत्यक्ष निर्वाचित हुने हुँदा दुईवटा परस्पर शक्तिकेन्द्र रहने र शक्तिको लडाई हुने खतरा रहन्छ । अहिलेको संक्रमणकालीन अबस्थामा ब्यबस्थपिकालाई नै मुख्य शक्तिकेन्द्र बनाउने र सोहीमार्फत राष्ट्रपति चुन्ने प्रस्ताव गरेका छौं । जनताबाट प्रयक्ष्य निर्वाचित ब्यवस्थापिका नै सर्वोच्च निकाय हुन्छ, राष्ट्रपति त्यसैप्रति जिम्मेबार हुन्छ ।

पहिले हामीले समिति अधिकारसहितको प्रधानमन्त्री पनि भनेका थियौ तर त्यसले पनि दैध शक्ति खडा गर्ने भएकाले प्रधानमन्त्री नरहने प्रस्ताव गरेका छौं । यो संसदीय ब्यवस्थाको जस्तो पनि हैन र त्यसको नक्कल पनि हैन् । प्रत्यक्ष निर्वाचित र ब्यबस्थापिकाबाट निर्बाचित राष्ट्रपतिमा रुपमा मात्र फरक हो सारमा कुरा एउटै हो ।

हाम्रो प्रस्ताव संसदीय ब्यवस्थाभन्दा के आधारमा भिन्न छ भने यसमा बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुँदैन् । ब्यवस्थापिकामा प्राप्त गरेको मत प्रतिशतअनुसार सवै दलले मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने र बिपक्षीको ब्यवस्था नहुने हाम्रो प्रस्ताव हो । यसले प्रतिस्पर्धासहितको सहमतीय राजनीतिक संस्कार बिकाश गर्छ र राजनीतिक स्थीरता पनि हुन्छ ।

नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचित राष्ट्रपति तानाशाही हुन्छ भन्ने तर्क गरेको थियो । उसको तर्कमा दम रहेछ नी हैन ?

प्रत्यक्ष निर्वाचित राष्ट्रपति कहिलेपनि तानाशाही हुँदैन् । हाम्रो चासो दैध शक्तिकेन्द्र निर्माण नहोस भन्नेतर्फ हो । उहाँहरुले के अमेरिका र फ्रान्समा लोकतन्त्र छैन भन्न सक्नुहुन्छ ? मुख्य कुरा हामी संघीय राजनीतिमा जान लागेकाले केन्द्रमा बलियो राष्ट्रपति हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

संबैधानिक समितिमा पार्टीले तपाईको नाम प्रस्ताव गरेको भन्ने सुनिएको छ । त्यसबारे अन्य दलहरुसंग छलफल भइरहेको छ ?

रिक्त संबैधानिक समितिको सभापति पद छिटै पूर्ति गर्नुपर्छ भन्ने पक्षमा छौ । हाम्रो पार्टी संबिधानसभामा सवैभन्दा ठूलो पार्टी भएकाले सो पद माओवादीले पाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो । त्यसका लागि बिभिन्न पार्टीहरुसंग छलफल चरिरहेको छ कुनै निचोडमा पुगिसकेका छैनौं ।

ब्यबस्थापिका संसद अबरोध गरिरहने कि बजेट ल्याउन दिनुहुन्छ ?

नागरिक सर्बोच्चता र राष्ट्रपतिको कदम सच्चाउनुपर्ने जुन हाम्रा माग छन तिनलाई सम्वोधन गरेपछि हामी तुरुन्तै ब्यवस्थापिका संसद चल्न दिन्छौ, लामो समयसम्म सदन रोक्ने मनस्थीतिमा छैनौं । त्यो सम्वोधन भए आजभोली नै सदन सुचारु गर्न चाहान्छौं ।

पछिल्लो दिनमा माओवादीमा अन्य क्षेत्र र पार्टीका मान्छेहरु प्रवेश गरिरहेका छन् । जो जति आएपनि उनीहरुको बिगत नहेरी माला लगाइदिने हो ?

सरकारबाट वाहिरिएपछि माओवादी जनताको पार्टी हो र यसका नेता पदलोलुप छैनन् भन्ने बिषयमा जनतामा बिश्वास जागेको छ । पछिल्लो दिनमा जसरी माओवादीमा मान्छेहरु आएका छन त्यो त्यही बिश्वासको परिचायक हो । ती सवै शुद्ध छन भन्ने हैन, तीनलाई समयक्रममा पार्टीले शुद्धिकरण गर्छ ।

माओवादी पनि अब एमालेजस्तै बहुपदीय प्रणालीमा जान लागेको हो ?

माओवादी पहिलेदेखिनै बहुपदीय प्रणालीमा थियो । अध्यक्षतात्मक प्रणाली भनेको आफैमा बहुपदीय प्रणाली हो । अन्तरिम कालमा भएकाले ब्यबहारत बहुपदीय प्रणालीमा जान नसकिएको हो । अबको केन्द्रीय समितिको वैठकले महाधिवेशन अघिनै बहुपदीय प्रणालीमा जाने कि महाधिवेशन पछि भन्ने निर्णय गर्छ ।

प्रस्तुतीः धर्मराज भुसाल/अरुण बराल 

(अनलाइनखबर डट्कमबाट साभार गरिएको)

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
अन्य अन्तर्वार्ता
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।