अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
ताजा अपडेट
 
डा. भट्टराई र कोइरालावीच छलफल
 

२० कार्तिक, काठमाण्डौ । नागरिक सर्बोच्चताको माग गर्दै सडक आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय समितिका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालावीच शुक्रबार अपरान्ह छलफल भएको छ ।

कोइराला निबास महाराजगंजमा भएको छलफलमा कोइरालाले बिचको बाटो खोज्न आग्रह गर्नुभएको थियो । छलफलपछि डा. भट्टराईले भन्नुभयो- दुवैपक्षलाई मान्य हुने 'मिडवे' खोजौं भन्ने प्रस्ताव कोइरालाले राख्नुभयो । 'तपाई-हामी मिलेरै शान्ति प्रकृयालाई यहाँसम्म ल्याएका हौं, अब पनि मिलेरै जानुपर्छ, नत्र देश बर्वाद हुन्छ'- कोइरालालाई भनाई उद्धृत गर्दै भट्टराईले भन्नुभयो ।

आफुहरु पनि सहमतिकै पक्षमा रहेको भन्दै भट्टराईले दुवै पक्षलाई मान्य हुने साझा सहमतिको प्रयत्न गर्न आफ्नो दल तयार रहेको बताउनुभयो । सहमतिका बिकल्पबारे छलफल भयो ? भन्ने प्रश्नमा भट्टराईले भन्नुभयो- अर्को चरणको छलफलमा बसेपछिमात्र बिकल्पमाथि छलफल हुन्छ ।

'जसरी पनि सहमति गर्नुपर्ने' आफ्नो प्रस्ताव पार्टीका साथीहरुसंग छलफल गर्ने र अर्को छलफलका लागि खबर गर्ने कोइरालाले बताउनुभएको भट्टराईले जानकारी दिनुभयो । नागरिक सर्बोच्चताको बिषयलाई हल गर्न कोइरालासंग गम्भीर छलफल भएको भट्टराईको भनाई थियो । भट्टराई माओवादीले गठन गरेको संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय समितिका अध्यक्षसमेत हुनुहुन्छ ।

राष्ट्रपतिको असंबैधानिक कदमका बिषयमा सदनमा छलफल गर्न पाउनुपर्ने आफ्नो न्यूनतम माग भएको भट्टराईले दोहोराउनुभयो । नागरिक सर्बोच्चता कायम गर्न माग गर्दै माओवादीले गत कार्तिक १५ गतेबाट सडक आन्दोलन थालेको छ ।

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 4 )
 
shanta  [From: dhading4] Says:
 
 
baburam ji tapai jasto netako yo des ma khachho chha tapai ko lagi paplik ko sath ma rahane chha des mahunu parne neta haru sabai ko yautai khalko dharana hunu parchha ok byee naw i am afganstan
 

 
बेदनिधी खनाल  [From: बक्राङ ५ गोरखा ] Says:
 
 
धन्यवाद बाबुराम जि । जे गर्नु भयको छ राम्रो छ । यो देसमा तपाईं जती देसको बारेमा बिचार गर्ने कुनै नेता छैन । अरु पार्टीका नेता सबै पैसामा बिक्छन । हाम्रो पार्टी र हजुरलाई धरै घन्यबद । बेदनिधी खनाल बक्राङ ५ गोरखा
 

 
khamba niroula  [From: south korea] Says:
 
 
२०४६ मा पंचायत लाई बिदाबारी पश्चात खिचडी सरकार मा अल्जिदै दोस्रो जन आन्दोलन ले पुरानो राज तन्त्र को समाप्ति हुदै गणतन्त्र को स्थापना भएर पनि जनता बाट चुनियर बनेका रास्तपति ले सैनिक को आडभरोसा मा जननिर्बाचित सरकारको कठालो समाउने कुनियत लाई अन्त्य गर्न आन्दोलनको विकल्प अरु केहि देखिन्न |
 

 
bhola  [From: dhading nalang] Says:
 
 
तपाइँहरु लाइ मेरो १ अनुरोद माग पुरा नभई कन सदन नाखुलानु होला ! now norway
 
अन्य ताजा अपडेट
जनताको संघीय गणतन्त्र नेपालको संविधान, २०६७
अखण्डता जोगाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति
मंगलबार १ बजे बानेश्वरमा समापनसभा
डा. भट्टराई र कोइरालावीच छलफल
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, केन्द्रीय समितिको प्रेस विज्ञप्ती
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, केन्द्रीय समितिको प्रेस विज्ञप्ती
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, को घोषणापत्र
संयुक्त राष्ट्रिय जनआन्दोलनबारे प्रेस बिज्ञप्ति
नयाँ ढंगले २१औं शताब्दीमा क्रान्ति गर्नुछ !
दर्जन अभियोग डा. बाबुरामलाई
झाडापखालाग्रस्त क्षेत्रमा पुग्दा !
म किन लागें राजनीतिमा ?
म फेरी आउँछुः भट्टराई
गणतन्त्र नेपालको संविधान, २०६७
पाठकहरुलाई प्रत्युत्तर

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।