अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
अन्तर्वार्ता
 
अमेरिका न स्वर्ग, न पाताल
डा. बाबुराम भट्टराई,उपाध्यक्ष, एकीकृत नेकê
 

० तपाई अमेरिका पहिलोपटक कहिले आउनुभएको थियो ?

- अमेरिकामा म पहिलोचोटि सन् १९९० को नोभेम्बर/डिसेम्बरतिर पुगेको थिएँ । त्यतिबेला मेडिकन वीस्कन्सिनमा दक्षिण एसिया र मुख्यतः नेपाली मुलका मानिसले एक अन्तरक्रिया आयोजना गरेका थिए । त्यो बेला नेपालमा राजनीतिक परिर्वतनको वर्ष थियो । म त्यसबेला संयुक्त राष्ट्रिय जनआन्दोलनको संयोजक र प्रवक्तासमेत रहेकाले नेपालको राजनीतिक परिवर्तनका बारेमा आयोजना गरिएको अन्तरक्रियामा मलाई बोलाइएको थियो । त्यसबेला म र हिसिलाजी करिब चालीस दिन अमेरिकामा बस्यौं ।

० नेपाली र अमेरिकी समाज र जनजीवनमा के फरक पाउनुभयो ?

- समाज विकासको कुन चरणमा समाज छ भन्ने कुराले मानिसको जीवनशैलीमा फरक पार्छ । अमेरिका भनेको पूँजीवादको उच्चतम् विकाशमा पुगेको अवस्था हो । त्यसले गर्दा स्वभाविकरुपमा प्रतिस्पर्धी हुन्छ, जसले प्रतिस्पर्धा गर्न सक्दैन, त्यो सिद्धिन्छ । त्यसले गर्दा मान्छे असाध्यै सक्रिय, लगनशील हुने हुन्छ र एकखालको काम गरी खाने संस्कार स्वतः आवश्यक हुन्छ, त्यसो गर्न सकेन भने उ नासिन्छ ।

तर, हाम्रोजस्तो समाज जहाँ पूँजीवादको पनि विकाश भएको छैन, अझै सामन्तवादी, निर्वाहमुखी खेतीमा आधारित छ, तीन महिना खेती गरेर नौ महिना बसेर खानुपर्छ । त्यस्तोमा मानिस त्यति गतिशील हुँदैनन् । त्यसैले समाज विकाशमा त्यहाँको जनजीवन निर्भर गर्छ । अमेरिकामा पनि त्यहींका आदिवासी रेड इन्डियनहरुको अवस्था राम्रो छैन । अमेरिकाका सकरात्मक पक्षहरु हाम्रोजस्तो समाजले सिक्नुपर्छ र नकारात्मक पक्षबाट पाठ लिनुपर्छ ।

० तपाईले त देशकै लागि काम गर्नुभयो, तर तपाईजस्ता थुप्रै प्रतिभा अमेरिका पलायन भएका छन् । त्यो देख्दा तपाईलाई कस्तो लाग्यो ?

- प्रतिभा पलायन धेरै ठूलो समस्या हो । खासगरी तेस्रो विश्वका मुलुकहरुमा । विकसित पुँजीवादी मुलुकहरुमा धेरै सुबिधा र अवसरले गर्दा हाम्रो जस्तो पिछडिएका मुलुकका प्राविधिक विषयमा उच्च अध्ययन गरेका मानिसहरु अवसरको खोजीमा युरोप तथा अमेरिका जाने गर्छन् । चुम्बकले चुम्बक तान्छ भनेजस्तै विकसित मुलुकले अल्पविकसित मुलुकका प्रतिभा तानेको छ, त्यो एउटा प्राकृतिक नियम पनि हो । मेरो आफ्नो व्यक्तिगत अनुभूति के हो भने व्यक्तिगत अवसरको खोजीमा हामी विदेशतिर लाग्यौं भने हामी बसेको समाज त कहिले पनि रुपान्तरण हुन सक्दैन । कमसेकम एउटा पुस्ताले दुख कष्ट सहेर यहीं नै परिवर्तन गर्नपट्टि लाग्यौं भने भोलिको पुस्ताले अवसरको खोजीमा अन्यत्र लाग्नुपर्ने बाध्यात्मक स्थिति आउने छैन ।

त्यसैका निम्ति पनि मैले उच्च अध्ययन गरेर पनि बिद्रोह, क्रान्ति र परिवर्तनको बाटोमा लागेको हुँ । यसबाट मलाई उतै जान पाएको भए पनि हुन्थ्यो भन्ने पश्चाताप लागेन । मलाई उल्टै गौरबको अनुभूति भएको छ ।

० तपाई बस्दाखेरि नेपालीहरुको स्थीति कस्तो पाउनुभयो ? दुःख थियो कि राम्रो अवस्था थियो ?

- म आजभन्दा बीस बर्ष पहिले जाँदा नेपालीहरुको संख्या त्यति धेरै थिएन् । आज त अमेरिका मै नेपालीहरुको संख्या लाखौं पुगिसकेको छ । त्यतिखेर मध्यमस्तरका प्राविधिक मानिसहरु नै भेटेको थिएँ, जो आफुलाई स्थापित गर्न संघर्ष गरिरहेका थिए । अघिल्लो बर्ष म अर्थमन्त्रीका रुपमा पनि अमेरिका पुगें । त्यतिबेला बिभिन्न स्थानमा भेटिएका नेपालीहरुको अवस्था निकै सुधि्रएको पाएँ । केही नेपालीहरुले आफ्नै व्यवसाय स्थापित गरेका छन् र शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा पनि निकै प्रगति गरेको भेटें । तैपनि त्यहाँको सापेक्षतामा उनीहरुका समस्या पनि छन् ।

० ती प्रतिभाहरु आफ्नै देशमा फर्किएलान् भन्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?

- फर्काउनुपर्छ भन्ने मान्यता म राख्छु । मैले गत वर्ष पेश गरेको बजेटमा पनि प्रतिभा पलायनलाई रोक्ने र नेपालभित्रै लगानीको वातावरण बनाउनुपर्छ भन्ने नीति बनाएको थिएँ । नेपाल बाहिर रहेका गैरअवासीय नेपालीलाई पनि नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भनेर प्रधानमन्त्रीकै अध्यक्षतामा लगानी बोर्डको प्रबन्ध गरिएको थियो । तर दुर्भाग्य, त्यसले पुरै कार्यन्वयन हुने अवसर पाएन ।

० दुईपटक अमेरिका रहँदा सवैभन्दा आर्कषण गरेको पक्ष ?

- सबैभन्दा मलाई आर्कषण गरेको पक्ष भनेकै अमेरिकाको प्राज्ञिक विकाश हो । ठूला ठूला लाइब्रेरी र म्युजिमहरुमा मैले अधिकांश समय बिताएँ । त्यसबाट हामीले सिक्नुपर्छ ।

० अमेरिका बस्दा तपाईलाई छोएको कुनै घटनाक्रम वा मूल्याङ्कन ?

- अमेरिकाबाट फर्किएपछि मैले 'बेलाबखतका कुरा' भन्ने स्तम्भमा लेखेको थिएँ- 'अमेरिका न स्वर्ग न पाताल नै रहेछ ।' आज पनि मेरो विश्वास त्यही छ । धेरै मानिसले अमेरिका स्वर्गै हो भन्ने गर्छन्, मलाई त्यस्तो लागेन । किनकि अमेरिकामा गरीब, भिखमंगा रेल स्टेशन बाहिर बसेर मागिरहेको देखें, वासिङटन र अन्य क्षेत्रमा काला जाति र रैथानेहरु अत्यन्तै गरिब पनि देखें । त्यत्रो सम्पन्ताको वीचमा पनि विपन्नता छ, विभेद छ र अभाव छ भन्ने आफ्नै आँखाले देखें ।

अर्कोतिर, अमेरिका भनेको पुरै पाताल हो, नर्कै हो भन्ने जुन बुझाइ छ त्यो पनि हैन । अमेरिका पुँजीवादी भौतिक विकासको उच्चतामा पुगेको पनि छ । वल्र्ड ट्रेड सेन्टर, जुन पछि ध्वस्त भयो, हामी त्यहाँ पुगेर तस्वीर खिचाएका थियौं, सिकागोका स्पयर्स टावरलगायतका भौतिक विकासका, जुन नमूना हामीले हेर्‍यौं, त्यसबाट के लाग्यो भने विश्वलाई नै आश्चर्यचकित लाग्ने भौतिक प्रगति पनि अमेरिकामै छ । अमेरिकाको मानव जातिले सिर्जना गरेको समाज व्यवस्था हो, जुन अरुभन्दा अलिक विकशित छ । अमेरिकाका सकारात्मक नकारात्मक दुइटै पाटा छन् ।

० अमेरिकामा बसिरहनुभएका नेपालीहरु, जो आफ्नो सीप तथा ज्ञानलाई नेपालमा लगानी गर्न चाहानुुहुन्छ, उहाँलाई तपाईको सन्देश के छ ?

- एकाध वर्ष त हामी संक्रमणकालीन अवस्थामा रहन्छौंं । शान्ति प्रकृया टुंगोमा नपुगेसम्म मुलुकमा लगानीका लागि उपयुक्त अवसर नहुन सक्छ र नीति निर्माणका लागि पनि ध्यान दिन नसकिएला । राजनीतिक स्थिरता कायम गरेपछि देशको सम्पूर्ण शक्ति आर्थिक विकासमा लगाउनुपर्छ र लगानी मैत्री वातावरण बनाउनुपर्छ । माओवादी, जो देशको प्रमुख शक्ति हो र भोलि पुनः सत्तामा आउने लगभग निश्चितजस्तै छ, त्यस हैसियतमा म सबै गैरआवासीय नेपालीहरुलाई के आह्वान गर्न चाहान्छु भने हामीले लगानी मैत्री वातावरण बनाउनेछांै र तपाईहरु पनि सीप तथा आर्थिक लगानीका लागि तयार रहनुस् ।

प्रस्तुतीः धर्मराज भुसाल/अरुण बराल

(अमेरिकाबाट प्रकाशित नेपाली खबर पाक्षिकको बर्ष १ अंक १० बाट साभार)

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 10 )
 
Mimprasad poudel  [From: tanahu] Says:
 
 
he hope your promise will be success
 

 
Nava Raj Panta  [From: Kathmandu 29 Tel. 9841 612396] Says:
 
 
This interview is very important for all. The brain drain is very big problem in our country. I would like to suggest you a policy to stop the brain drain. Lets follow the South Korean "Saemaul" or "New Community Movement" in Nepal. By this development system, we need to create the dedicated male and female community development leader at the small grass root village at first. The village should make by their hands. It is self reliance method. All development work should be done with people's participation. This is " Can Do" spirit. We need 3 things : Dilligent, Self-help, Cooperation. Saemaul may create real nationalist as like my village campaign at first. And the government budget may function properly. Present village budget system of Nepal may create more problems. Thank You. Request to visit our website for more information. www.saemaul.net
 

 
keshab thapa  [From: IOE,pulchowk Campus] Says:
 
 
Namaste Im keshab from Pulchowk Engineering campus,well I am a student of Civil engineering 3rd year is running,in present context,there is no any future of civil engineers,though we have a good academic qualification but no good opportunity.thats why day by day,talents engineers have to go foreign country for further study,no respect of engineers in nepal,how this problem can be solved? please give me a suggestion...
 

 
prakash thapa magar  [From: Gorkha] Says:
 
 
kura ta thickai ho hamro doctor Bhatarai ko kura Tara ke garne sabai neta haru yestai chillo kura garaera kam kam garchan. taraa aasa cha aaru bhanda bhatarai le kehi garnu huncha.. Aasa rakhu......
 

 
dinesh kattel  [From: tokyo japan] Says:
 
 
Thanks for the request to come back to nepal who are living in aboard .we shoule comback to nepal when it is clam and peacefull.
 

 
Jaya Lal Neupane  [From: Kalikot, Dhaulogoha, Khada 6.] Says:
 
 
we have been many knowledge of different political information so thanks web developers's and Dr. Baburam Bhattarai. I will changed mind who undeveloped peeople.
 

 
prakash dawadi  [From: uk london] Says:
 
 
ahile nepal ma rajniti takrai rakheko 6 .aba maobadi le sahi yojana banayera satta kabja garna patti lagnu par6.Ahile arthik kranti hun6 bhannu murkhata ho.
 

 
ram thapa  [From: dhading besi] Says:
 
 
interview nikai marmik ra sandarvik lagyo. ma pani us ma padna jane tharkharma chu sayad janchu hola. tara ma us mai basni soch chaina ma aafno degree paschat nepal nai farkanchu. yatro vidot bektiko kura sunda gaurav ra khusi lagyo. thank you
 

 
utsav gautam  [From: hetauda ] Says:
 
 
i am very happy,found that my best person Dr.Baburam bhattarai site. also happy that,by reading his article.
 

 
kedar  [From: bhaktapur] Says:
 
 
we all nepalis are very proud of you because after along time we got a ledar like you.you know very well how is the condition of present nepal ,politically ,economically and socially we are in critical condition thats why i want to request you to take a right step oughtright to move a country ahead.i know that you along cannot do all this things but at the momentyou should pay your attention not only your party rather then the country.people are watching you very carefully what you speak and,do.SO BE CAREFUL.we all are with you.iwiss you all the best
 
अन्य अन्तर्वार्ता
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।