अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
अरुका आँखामा
 
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
राधेश्याम अधिकारी
 

गएको साता आÏना कार्यकर्तामाझ माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन चाहन्छ भन्ने आशयको भाषण दिए । जसको सम्पादित अंश छापा र विद्युतीय माध्यमबाट आमनेपालीले दाहालकै भाषा र स्वरमा सुन्ने अवसर पाए । दाहालको यस टेपले शक्तिखोरमा दिएको भाषणलाई स्मरण गरायो । किनभने, अघिल्लो भाषणले राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा तरंग ल्याएको थियो भने यसपटक स्वयं माओवादी दलमा, ठूलो राजनीतिक दल भएको नाताले राष्ट्रिय राजनीतिमा र भारतलाई मुछेर बोलेकाले नयाँदिल्लीसम्म यसका प्रभाव र असरहरू देखापरे ।

त्यसलगत्तै भएको प्रेस भेटघाटमा दाहालले भारतको एक तप्का आफूलाई प्रधानमन्त्री बनाउन र अर्को तप्का बाबुरामलाई प्रधानमन्त्री देख्न चाहेको संशोधित धारणा राखे । साथै, अब माओवादी नेतृत्वमा सरकार बन्ने भएमा आफैंले त्यसको नेतृत्व गर्ने पनि बताए । बाबुरामले त्यसपछि दिएका अन्तर्वार्ताहरूमा आÏना अध्यक्षले पछिल्लोपटक दिएको अभिव्यक्तिले सबै कुरा प्रस्ट्याएको भने पनि उनको चित्त कुँडिएको छ भन्ने बुझ्न थप प्रमाण खोज्नुपर्दैन ।

उठ्न लागेको कुनै पनि व्यक्तिको खुट्टा तान्ने हाम्रो -कु) संस्कार नै बनिसकेको छ भन्दा हुन्छ । झन् राजनीतिमा लाग्नेहरूविरुद्ध फलानाको एजेन्ट नभनिएको सुन्न विरलै पाइने गर्छ । अतीतका मूर्धन्य बीपी कोइराला, पुष्पलालजस्ता र हालकै नेताहरू पनि यो विभूषण नपाउनेमा कमै छन् । आफूसँग असहमत हुनेवित्तिकै अर्कोलाई एजेन्ट देखाउने रोग नै लागेको छ हामीलाई, जसको पछिल्लो सिकार बाबुराम हुन पुगे ।

दाहालको भाषण सुनेपछि यस पंक्तिकारका मनमा विभिन्न खाले तरंगहरू उठे । बाबुरामले रोजेको आस्था र मैले रोजेको आस्थामा ठूलो अन्तर छ । उनी साम्यवादमा विश्वास गर्छन् भने म उदार लोकतान्त्रिक परिपाटीमा । आस्थामा यत्रो अन्तर हुँदाहुँदै पनि जसरी म आÏनो देशभक्तिप्रति गर्व गर्छु, त्यसरी नै बाबुरामको देशभक्तिप्रति पनि सम्मान गर्छु । त्यसैले पुुष्टि गर्न नसकिने आरोप लगाएर गरिएका कसैको पनि चरित्रहत्याका प्रयत्नहरुको प्रतिवाद हुनुपर्छ । होइन भने सार्वजनिक जीवनमा लाग्ने जो कोही लाञ्छित हुनसक्छ र असल मानिसहरू त्यसबाट टाढिन पुग्नेछन् ।

विसं २०४६ को जनआन्दोलनका क्रममा बाबुरामसँग मेरो परिचय भएको हो । ७ फागुन ०४६ मा पहिलो जनआन्दोलन सुरू भयो । सुरुमै जनता तर्साउन गरिएको फायरिङ्मा केही व्यक्तिले सहादत प्राप्त गरे । तर, लास सद्गतका लागि दिनसमेत तत्कालीन सरकार डरायो । यसै कुरामा सरकारको ध्यान खिच्न भनेर देवेन्द्रराज पाण्डेको घरमा हामी १२-१४ जना भेला भएका थियौं, जसमध्य एक बाबुराम पनि थिए । त्यसपछि जनआन्दोलन सफल नहुँदासम्म यो टोली सक्रिय भइरह्यो, जुन कुरा आज इतिहास भइसकेको छ ।

प्रसंग त्यही जनआन्दोलन कै हो । एक दिन पाण्डेकै घरमा हामी सबै छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रयत्नमा थियौं । बाबुरामलाई पनि आÏनो मत जाहेर गर्न भनियो । उनले त्यतिबेला भनेको म आज पनि राम्ररी सम्झन्छु । भनेका थिए, ''तपाईंहरू जे गर्दै हुनुहुन्छ, त्यसमा मेरो सहमति छ । किनभने, आज निर्दलीय पञ्चायती व्यवस्थालाई Ïयाँक्नु छ । तर, यो व्यवस्था फालेर नयाँ आउने व्यवस्था -संसदीय) तपाईंहरुको गन्तव्य हो । मेरो बाटो त्यसपछि अलग हुनेछ । त्यसैले तपाईंहरूसँग मैले हिँड्ने बाटो केही समयसम्म एकै हुने भए पनि पछि फरक पर्नेछ । निर्णय तपाईंहरू गर्नुहोस्, अहिलेलाई मेरो साथ पाउनुहुनेछ ।''

बाबुरामले त्यतिबेला जे बोले, त्यसै अनुसार गरेर देखाए । जस्तो-संयुक्त जनमोर्चामार्फत् चुनाव लडेर आÏना साथीहरूलाई संसद प्रवेशसमेत गराए तर संसद्लाई उपयोग गर्ने नीति लिएर । संसदीय व्यवस्था बाबुरामको अभीष्ट छँदै थिएन । त्यस व्यवस्थामार्फत् समाजलाई चाहेको परिवर्तन दिन सकिँदैन भन्ने मान्यतामा उनी अद्यापि अडिग छन् ।

त्यसपछि संयुक्त जनमोर्चा फुट्यो । निर्वाचन आयोगमा कुन समूहले मान्यता पाउने भनि छलफल भयो । संयोग भनौं, बाबुराम र पम्फा भुसालसहित मलाई पनि कानुन व्यवसायीको हैसियतमा बाबुरामको समूहले मान्यता पाउनुपर्छ भनी निर्वाचन आयोगमा बहस गर्ने अवसर जुर्‍यो । निर्वाचन आयोगले निरञ्जनगोविन्द वैद्य समूहलाई मान्यता दियो । तर, लगत्तै भएको निर्वाचनमा अघिल्लोपटक नौ जना सांसद जिताएको पार्टी -संसद्मा तेस्रो ठूलो दल)ले एउटा सिट पनि जित्न सकेन । निर्वाचन आयोगले दिएको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएर बाबुराम समूहकै पक्षलाई मान्यता त दियो तर त्यतिबेलासम्म समय घर्किसकेको थियो । बाुबराम भूमिगत भइसकेका थिए । त्यसपछि दोस्रो जनआन्दोलनलगत्तै पुष्पकमल र बाबुराम एकैपटक प्रधानमन्त्री निवास बालुवाटारको पहिलो पत्रकार सम्मेलनमा टेलिभिजनको पर्दामा देखा परे ।

गोरखाको साधारण परिवारमा जन्मेको एउटा व्यक्ति जो मेधावी छात्रको रुपमा खुड्किलैपिच्छे आफूलाई सक्षम प्रमाणित गर्दै अन्तत: राजनीतिमा आÏनो छुट्टै पहिचान बनाउन सफल भए । बाबुरामका अगाडि समाजमा सम्पन्न भएर बस्ने अवसरको कमी थिएन । विकल्प नभएर राजनीतिमा लाग्ने वा लहैलहैमा राजनीतिमा लाग्नेहरूको श्रेणीमा उनी पर्दैनन् । उनले लामो समय भारत अध्ययन गरे र स्वभाव अनुसार वाम विचार बोके । त्यही दौरानमा भारतमा आÏना दृष्टिकोण मिल्ने धेरै मित्रहरु बनाएका पनि होलान् । सायद यिनै उठबसले उनलाई भारतपरस्तको तक्मा भिर्नुपरेको पनि हुनसक्छ ।

आज ठूलो दलका ठूलो नेता हुन् बाबुराम । हुन त त्यो ठूलो दल बनाउनमा पक्कै पनि बाबुरामको भन्दा बढी योगदान दाहालको होला र त पत्याए त्यस दलका नेता-कार्यकर्ताले १८ वर्षसम्म एकछत्र नेताका रुपमा उनलाई । यो दलभित्रका कार्यकर्ता-नेताको विषयवस्तु हो, यसमा कसैको केही भन्नु छैन । र, आफूले स्वीकार गरेको नेताको मुखबाट आÏनो चरित्रमा दाग लाग्ने गरी लाञ्छना लगाएको कुरालाई बाबुरामले जसरी अनुभूत गरे, त्यो पनि उनमै छोडौं । तर, सार्वजनिक भएको दाहालको ताजा भाषणले सार्वजनिक रुपमै दुईवटा प्रश्न सोध्न प्रेरित गर्‍यो । पहिलो, के आÏनै सहयात्री -नेता-कार्यकर्ता जे भने पनि)को तेजोबध नगरी आÏनो पद सुरक्षित राख्न सकिँदैन ? दोस्रो, अनि के त्यसरी लाञ्छना लगाइसकेपछि कुम जोर्दै काम गरेर समान लक्ष्यमा पुग्न सकिएला ?

१० माघ २०६६, नेपाल साप्ताहिक

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 3 )
 
dil bdr. b.k.  [From: ktm] Says:
 
 
yo lekh padhi sake pachhi malai sachchi nai baburam bhattarai ko personal life, ra uhako sacrifice ra nirantar sangharsha ko barema thaha vayo. tara uhale kunai pani kisimko vautik sukha subidha ra bilasitako lagi rajnitik garnu vayako hoina rahechha. sachi nai nepal ma euta matra testo neta hola jasle afno personal swartha vanda mathi uthera nitanta desh ra bishes gari garib jantako lagi rajniti gareko. yasto niswartha bhab bokera hidne netalai pani khai kina ho kunni bela bela afnai sathi vai harule samet khutta tanne prabritti gareko, yo maile bujhna sakinan. huna ta neta prachanda bhasan nika mitha garchhan tara ahile yasto lagchha ki uhako dimagko fuse udisakeko chha . j kura pani hapta dash dinma hunchha vandai bacha gardai hidchhan tara tyo kahile hudaina, tesale ahile uhako personal weight dherai ghatisakeo chha, ek kisimle ta uha hawadarai nai vaisakni vako chha tesaile malai lagchha yo paristhitima maobadiko netritow ma saraka bane pani jantalai uhako netrittwo khasa naya ra paribartankari lagne chhaina. tara babubaramji ko bhashan ra bolai vanda kam garaile aam janta majh euta chhuttai chhabi banisakeko chha. tesalie ta uhaka birodhi harule pani uhako galti aulayaune thau napayara gunagan gaunuparne badhyata chha. tesaile malai ta lagchha ahile ko paristhitima hawadarai prachandako netritwo ma navayara sampurna janta ra afna birodhiharu majh samet sarbajanik chhabi banayako Dr. Baburam Bhattarai ko Netritwoma Rastriya sarkarko nirman hunuparchha ra tesle matra desko samasayako sahi nikas dins sakchha.....!
 

 
AC  [From: SYANGJA] Says:
 
 
SAVE YOUR WORDS AND MIND TO MAKE NEPAL AS THE DEVELOPED COUNTRY. THAT ONE LEADER WHOM THE PEOPLE OF NEPAL BELIEVE IS U SO CHANNENGE OTHERS TO MAKE THE COUNTRY N THE PEOPLE OF NEPAL AC
 

 
Amrit AC  [From: ] Says:
 
 
I have no comments to you. I want to see u the most powerful and best primeminister or prisident of nepal soon. U r only one leader who can design the new NEPAL. yrs fan AC
 
अन्य अरुका आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
गणतन्त्रको भविष्यका लागि माओवादी नेतृत्वप्रति अपेक्षा
'म प्रधानमन्त्री बन्ने कुरा अनुमान र हल्ला मात्रै हो'
एक्लो देखियो अर्थमन्त्रीको चन्द्रमा छुने प्रयास
बाबुराम, बाँसघारी र सपना
एउटा नाम मेरो मस्तिष्कमा आयो डा. बाबुराम भट्टराइ
अर्थमन्त्रीको नयाँ सोच र नयाँ नेपालको मार्गचित्र
बचनवद्ध बाबुराम
बाबुराम भट्टराईलाई शुभकामना
डा.बाबुराम भट्टराई : नयाँ नेपालको नक्सा कोर्दै
बोर्डफस्ट संवाद डा. बाबुराम भट्टराईसँग
हुनै छाड्यो भेट
"किताबको कीरा" डा. बाबुराम भट्टराई

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।