अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
दस्तावेज
 
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
 

अन्तर-पार्टी छलफलका मूलभूत विषयहरु

हाम्रो महान् तथा गौरवशाली पार्टी ने.क.पा.-माओवादी) को उच्च नेतृत्व पंक्ति वीचमा विगत लामो समयदेखि छलफल र सापेक्ष सहमति कायम हुँदै आएका तर वारम्वार विविध रुपमा मतान्तर रहँदै आएका आधारभूत विषयहरुलाई १‌ विचाररदर्शन, २‌‌‌ राजनैतिक-फौजी प्रश्न, ३ संगठनात्मक प्रश्न, र ४ सांस्कृतिक प्रश्नमा वर्गीकरण गरी निम्न वमोजिम वुँदागत रुपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ, जसवारे पार्टी भित्र व्यापक छलफल भएर उचित क्रान्तिकारी निष्कर्षमा पुग्नु जरुरी भएको छ -

i विचाररदर्शन सम्वन्धी प्रश्न

१). मा.ले.मावाद र प्रचण्डपथलाई वुझ्ने, लागू गर्ने र विकास गर्ने प्रश्न

- 'प्रचण्डपथ' मा.ले.मा.वादको नेपाली धर्तीमा प्रयोगवाट सिर्जित विशिष्ठ विचार-श्रृंखला हो कि सार्वभौम विज्ञान हो ?

स् कतिपय जिम्मेवार कमरेडहरु र खासगरी क.प्रचण्डको वढी निकट रहेको दावी गर्नेहरुवाट प्रत्यक्ष वा परोक्ष रुपमा 'प्र.प. ले सार्वभौम चरित्र ग्रहण गरिसकेको र त्यसलाई 'प्रचण्ड विचारधारा' को रुपमा अभिव्यक्ति दिनुपर्छ भन्ने खालका भनाइ वारम्वार आइरहँदा क.प्रचण्ड स्वयंवाट तीवारे कुनै सार्थक प्रतिवाद नहुनुलाई कसरी वुझ्ने ?

- सर्वहारावादी विज्ञानको विकास एउटा अमूक फौजी वा गैर-फौजी कार्वाहीको सफलतामा मात्र नाप्ने कुरा हो कि त्यस निम्ति एउटा समग्र, तथ्यसंगत विचारप्रणालीको आवश्यकता हुन्छ, जुन लामो प्रयोगको क्रमबाट पुष्टी हुनुपर्दछ ?

स् कुनै एउटा फौजी वा गैर-फौजी योजना सफल हुने वित्तिकै ुप्र.प.ु ले नयाँ फड्को मार्‍यो भन्ने खालका अभिव्यक्ति पार्टी भित्र आइरहनु कति सही र उपयुक्त हो ?

- प्रत्येक देशका कम्युनिष्ट क्रान्तिकारीहरुले आआफ्नै ुविचारधाराु वा ुवादु को आविष्कारको दावी गर्नु कत्तिको मा.ल.ेमा.वाद संगत हो ? सवै देशका पार्टीहरुले त्यसो गर्दै गएमा सर्वहारा अन्तर्राष्ट्रियताको के हविगत होला ?

- ुप्रचण्डपथु सामुहिकताको केन्द्रीकृत अभिव्यक्ति हो कि व्यक्ति क.प्रचण्डको मात्र देन हो ? दोश्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले 'प्र.प.' लाई 'सामुहिकताको केन्द्रीकृत अभिव्यक्ति' भनेर परिभाषित गरेको र क.प्रचण्डको त्यसनिम्ति मुख्य योगदान रहेको तर जनता, शहीद, कार्यकर्ता र अन्य नेताहरुको समेत तद्तट् भूमिका रहेको भनेर किटान गरिसके पछि पनि जिम्मेवार व्यक्तिहरुवाट 'प्र.प.' लाई व्यक्ति क.प्रचण्डको पर्यायवाचीको रुपमा प्रस्तुत गरिरहनुको अर्थ र औचित्य के हो ?

- अध्यक्ष क.प्रचण्डको फोटो माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको समकक्ष वा हाराहारीमा राख्नु कत्तिको सही र उपयुक्त हो ? कतिपय पार्टी प्रकाशन र कार्यक्रमका मञ्चहरुमा त्यसरी फोटो राखिंदा क.प्रचण्ड स्वयंवाट कुनै प्रतिवाद नहुनुलाई के भन्ने ?

२). आदर्शवादी एकतत्ववाद, द्घैतवादरवहुतत्ववाद र भौतिकवादी एकतत्ववादलाई वुझ्ने र आत्मसात गर्ने प्रश्न

भौतिक जगत र समाजको उत्पति र विकास समवन्धी आधारभूत दार्शनिक र वैज्ञानिक प्रस्थापनाहरुलाई वुझ्ने र आत्मसात गर्ने वारे पार्टी नेतृत्वपंक्तिमा व्यक्त वा अव्यक्त अन्तर लामो समयदेखि देखिने गरेको छ । जसको प्रत्यक्ष असर समाज र पार्टी संगठन भित्रका अन्तरविरोधहरुलाई वुझ्ने र संचालन गर्ने क्रममा देखिदै आएको छ । यस क्रममा खाशगरी आदर्शवादी एकतत्ववाद (idealist monism), द्घैतवाद (dualism) र भौतिकवादी एकतत्ववाद (materialist monism) सम्वन्धी वुझाइ र प्रयोगमा समस्या हुने गरेको छ । कम्युनिष्टहरुले दार्शनिक रुपमा द्घैतवाद वा वहुतत्ववादको होइन एकतत्ववादको नै पक्षपोषण गर्दछन् वा गर्नुपर्दछ । तर क्रान्तिकारी कम्युनिष्टहरुले आदर्शवादी एकतत्ववाद, जसको वैचारिक-सांस्कृतिक अभिव्यक्ति एकेश्वरवाद र राजनैतिक अभिव्यक्ति एकमनावाद (monolithism) हुन्छ,- को होइन भौतिकवादी एकतत्ववाद, जसको वैचारिक-राजनैतिक अभिव्यक्ति द्धन्दात्मक भौतिकवाद -वा विपरितहरुको एकत्व) हुन्छ,- को अनुसरण गर्दछन् । परन्तु हाम्रो पार्टी नेतृत्वका कतिपय जिम्मेवार व्यक्तिहरुले भौतिकवादी एकतत्ववादको सट्टा आदर्शवादी एकतत्ववादको पक्षपोषण जानेर वा नजानेर गर्ने गरेको र भौतिकवादी एकतत्ववादका पक्षधरहरुलाई द्घैतवादी -जसको राजनैतिक अभिव्यक्ति वहुलवादी (pluralist) हुन्छ भनेर वदनाम गर्ने र आफ्नो एकमनावादी गलत चिन्तन र सोचलाई ढाकछोप गर्ने प्रयत्न गरेको पाइन्छ । खाशगरी विपरितहरुको एकत्व वा एकको दुइमा विभाजन को भौतिकवादी द्धन्दवादको आधारभूत नियमलाई तिलाञ्जली दिने वा न्यूनीकरण गर्ने यो प्रवृत्तिले पार्टी भित्र र वाहिरको अन्तरविरोधलाई वुझ्ने र हल गर्ने विषयमा ठूलो समस्या पैदा गर्ने गरेको छ, जसको हल खुला र स्पष्ट वैचारिक संघर्षको तरिकाले गर्न जरुरी छ । पार्टीभित्र हुर्कदै गैरहेको व्यक्तिपूजावादी चिन्तनको दार्शनिक श्रोत आदर्शवादी एकतत्ववादमा भएकाले यसलाई वेलैमा चिरफार गरेर निराकरण गर्न जरुरी छ । सामन्ती वा नोकरशाही पुँजिवादी दार्शनिक आधार -रहेको) आदर्शवादी एकतत्ववादको विरोधको अर्थ वा विकल्प पुँजिवादी वहुलवादको पक्षपोषण नभएर सर्वहारावादी भौतिकवादी एकतत्ववादको आत्मसातीकरण हो भनेर वुझ्नु पनि उत्तिकै जरुरी छ ।

३) आवश्यकता -वाध्यता) र स्वतन्त्रता -मुक्ति) को संसारलाई वुझ्ने प्रश्न

-आवश्यकताको संसारवाट स्वतन्त्रताको संसारमा पुग्ने कम्युनिष्ट क्रान्तिको मूल अभीष्ट हो । 'आवश्यकताको संसारु भनेको वर्गविभाजित समाजका सीमा र वाध्यताले भरिएको संसार हो भने 'स्वतन्त्रताको संसारु भनेको वर्गविहीन, राज्यविहीन पूर्ण मुक्तिको संसार हो । अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा संशोधनवादी र अवसरवादीहरुको मूल विशेषता नै तत्कालीन आवश्यकताको वढाइचढाइ गर्नु वा आदर्शीकरण गर्नु र स्वतन्त्रताको संसार वा साम्यवादी संसार तर्फको यात्रालाई न्यूनीकरण गर्नु वा निषेध गर्नु रहिआएको छ । जस्तो कि, वर्नस्टीनले भन्ने गर्दथ्यो- 'आन्दोलन सवै थोक हो, गन्तव्य केही पनि होइनू, र काउत्स्कीले भन्ने गर्दथ्यो- 'विज्ञानको साइनो आवश्यकताको ज्ञानसंग मात्र हुन्छू । हाम्रो पार्टीका कतिपय नेताहरुले पनि जानेर वा नजानेर 'आवश्यकता' को दुनियाँलाई वढाइचढाइ गर्ने र 'स्वतन्त्रता' को दुनियाँलाई भ्रष्टीकरण वा न्यूनीकरण गर्ने प्रवृत्ति देखिएको छ । आम कार्यकर्ताहरुमा 'आवश्यकता' र 'स्वतन्त्रता' को परिभाषा नै विकृत ढंगले पेश गर्ने गरिएको छ । यसले गर्दा आÏना सवै कमजोरी र विकृतिहरुलाई 'आवश्यकता' को आवरणले ढाकछोप गर्ने र 'स्वतन्त्रता' वा 'मुक्ति' को दुनियाँ तर्फको महान् तथा लामो यात्रालाई 'अराजकतावाद' को विल्ला लगाएर प्रताडित गर्ने वा ओझेलमा पार्ने खतरनाक प्रवृत्ति वढ्दै गएको छ । त्यसैले 'आवश्यकता' र 'स्वतन्त्रता' को सही तथा वैज्ञानिक परिभाषा र वुझाइ स्थापित गर्न यसवारे पार्टी भित्र गम्भीर वहस-छलफलको जरुरी छ ।

- कम्युनिष्ट क्रान्तिकारीहरुको मुख्य पहिचान र दायित्व विद्यमान 'आवश्यकता' को संसारलाई ठीक ढंगले वुझेर र वदलेर 'स्वतन्त्रता' को संसार तर्फको मार्ग प्रश्स्त गर्नु हो । संशोधनवादी र अवसरवादीहरुले आवश्यकताको संसारमा नै टाँसिइरहने नीति अनुसरण गरेकाले माओले एंगेल्सको 'आवश्यकतालाई वुझ्नु नै स्वतन्त्रता हो' भन्ने भनाइलाई थप परिमार्जन र विस्तार गर्दै 'स्वतन्त्रता भनेको आवश्यकतालाई वुझ्नु र आवश्यकतालाई वदल्नु हो' भन्नु भएको थियो । तर हाम्रो पार्टी भित्र अहिले पनि माओको उद्धरण र भनाइको मूल स्पिरिटलाई वंग्याएर 'आवश्यकता' माथि मात्र एकपक्षीय जोड दिने प्रवृत्ति देखिएको छ । पार्टीको आधिकारिक वैठक र भेलाको क्रममा टाँसिने व्यानरहरुमा माओको उद्धरणलाई अपूर्ण वा विकृत ढंगले प्रस्तुत गरिंदा पनि उच्च नेतृत्व तहवाट त्यसको कुनै प्रतिकार हुने गरेको पाइन्न । यसवारे पार्टीभित्र गम्भीर वहसको आवश्यकता छ, किनकि यो अमूर्त शास्त्रीय छलफलको विषय नभएर पार्टीको रणनीति र कार्यनीति निर्धारण गर्ने र आचरण तथा शैली निर्धारण गर्ने धेरै महत्वको वैचारिक प्रश्न हो ।

४). अनुभववाद, जडसुत्रवाद र सारसंग्रहवादवारे

- हाम्रो पार्टी भित्र ज्ञान-सिद्धान्तको दुइ छलांगको सिद्धान्त -अर्थात् व्यवहारवाट ज्ञान र ज्ञानवाट पुनस् क्रान्तिकारी व्यवहारलाई) । ठीकसंग आत्मसात गरेर लागू गर्नु भन्दा आÏनो स्वार्थ अनुरुप कहिले अनुभववादी र कहिले जडसूत्रवादी वन्ने र सिद्धान्त र व्यवहारको सही संयोजनमा ध्यान नदिने खतरनाक प्रवृत्ति वढ्दै गएको छ । वास्तवमा यी दुवै एकांगी र अधिभूतवादी प्रवृत्ति एक अर्काका पूरक र सहयोगी हुने गर्दछन् । साथै यी दुवैको मिश्रणवाट वनेको सारसंग्रहवाद (eclecticism) झन् घातक र खतरनाक हुन्छ । त्यसैले यसवारे गम्भीर वैचारिक संघर्षको आवश्यकता देखिएको छ । खाशगरी सैद्धान्तिक ज्ञानको महत्वलाई न्यूनीकरण गर्ने र अज्ञानतालाई आदर्शीकरण गर्ने प्रवृत्तिले पार्टी र आन्दोलनलाई गम्भीर क्षति पुर्‍याउन सक्ने खतरा विद्यमान रहेको छ ।

ii राजनैतिक-फौजी प्रश्न

५). सर्वहारा अधिनायकत्व र निरन्तर क्रान्तिको संयोजनको प्रश्न

- महान् चीनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति र क.माओको देहान्त पछि अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा सवभन्दा महत्वपूर्ण र पेचिलो राजनैतिक प्रश्न सर्वहारा अधिनायकत्व र निरन्तर क्रान्तिको सही संयोजनको प्रश्न नै रहँदै आएको छ । सर्वहारा अधिनायकत्व नै परित्याग गर्ने ख्रुश्चोभपन्थी दक्षिणन्थी संशोधनवादीहरु अर्कै कित्तामा पर्ने भएकाले उनीहरुसंगको संघर्ष तत्काल हाम्रो चासोको विषय होइन । क्रान्तिकारी कित्ताभित्र मुख्य समस्या सर्वहारा अधिनायकत्वको तत्कालीन आवश्यकतामाथि एकपक्षीय जोड दिने र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको प्रश्नलाई उपेक्षा वा न्यूनीकरण गर्ने तथा सर्वहारा अधिनायकत्वको पुरानै मोडेल -विधि) मा मात्र टाँसिइरहन खोज्ने होक्जापन्थी जडसूत्रीय संशोधनवादी प्रवृत्ति रहेको छ । यो प्रश्न महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सारतत्वलाई वुझ्ने र त्यसवाट अघि वढ्ने प्रश्नसंग पनि जोडिएको छ । प्रकारान्तरले मा-ले-मावादको रक्षा, प्रयोग र विकासको प्रश्न यसै विषयसंग गहिरोसित जोडिएको छ र यसवारे पार्टीभित्र गम्भीर वहस-छलफलको आवश्यकता छ ।

- सर्वहारा अधिनायकत्व र निरन्तर क्रान्तिको प्रश्न पार्टी, सेना र सत्ताको अन्तरसम्वन्धसंग अभीन्न रुपले गाँसिन पुगेको छ । त्यसैलाई आत्मसात गरेर हाम्रो पार्टीले दोश्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनमा सामान्य रुपमा र 'एक्काइसौं शताव्दीमा जनवादको विकासु सम्वन्धी प्रस्तावमा ठोस रुपमा यो प्रश्नलाई उठाएको थियो र कतिपय विचार र विधिसंग सम्वन्धित युगान्तकारी निर्णय गरेको थियो । खाशगरी पार्टीको निरन्तर सर्वहाराकरण गर्न र पार्टी, सेना र सत्तामाथि जनसमुदायको निगरानी, हस्तक्षेप र नियन्त्रण सुनिश्चित गर्दै सर्वहारा अधिनायकत्व प्रभावकारी ढंगले लागू गर्न तथा निरन्तर क्रान्तिको वाटो हुँदै साम्यवादसम्म पुग्न पार्टी, सेना र सत्तालाई विगतका समाजवादी मोडेलमा झैं एकै ठाउँमा छासमीस नगर्दै लगायतका जुन विचार र विधि विकसित गरेको थियो त्यसलाई हालैको केन्द्रीय समितिको वैठकले उल्टाउन खोजेको प्रतीत हुन्छ । त्यसैले यो अहम् प्रश्नमा पार्टी भित्र गम्भीर वहस-छलफल जरुरी भएको छ ।

६). रणनीति र कार्यनीतिको सही संयोजनको प्रश्न

- जनवाद र राष्ट्रियताको प्रश्नलाई ठीक् ढंगले संयोजन गर्दै र देशभित्र र वाहिरका वर्गीय तथा राजनैतिक अन्तरविरोधहरुलाई सही ढंगले परिचालन गर्दै रणनीतिक दृढता र कार्यनीतिक लचकताको नीति अनुसरण गरेर हाम्रो पार्टीले अहिलेसम्म क्रान्तिकारी जनयुद्धको सफल नेतृत्व गर्दै आइरहेको छ । तर कतिपय जिम्मेवार नेताहरुमा समसामयिक साम्राज्यवादी विश्वमा सामन्तवाद -हाम्रो सन्दर्भमा मूलतस् राजतन्त्र) र साम्राज्यवादरविस्तारवाद वीचको सम्वन्धलाई वुझ्ने सन्दर्भमा भएका त्रुटीपूर्ण सोचाइहरु र मूल नेतृत्वमा देखिने गरेको ढुलमुलपनको कारणले रणनीति र कार्यनीतिको श्रृंखला मिलाउने क्रममा कतिपय समस्याहरु देखिने गरेका छन् । फलस्वरुप विभिन्न रुपमा पंचायतकालमा झैं राजतन्त्र र संसदवादी शक्तिहरु र तिनीहरुका विदेशी मालिकहरुलाई हेर्ने विषयमा गलत सोचहरु देखा पर्ने गरेका छन् । खाशगरी दरवार हत्याकाण्ड पछिको दलाल र नक्कली राजतन्त्रलाई हेर्ने विषयमा कतिपय समस्या रहने गरेका छन् । संसदवादी शक्तिहरुसंग छुट्टै सशस्त्र सेना नभएको र वाहिरी दुश्मन शक्तिहरु र खाशगरी भारतीय विस्तारवादले प्रत्यक्ष सैनिक हस्तक्षेप नगरिसकेको स्थितिमा शाही सेनाको वल र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको आडमा टिकेको राजतन्त्रसंग नै क्रान्तिकारीहरुको प्रमुख अन्तरविरोध रहने सिधा र सपाट कुरामा पनि यदाकदा अस्पष्टता र ढुलमुलपन देखा पर्नु चिन्ताजनक विषय हो । हाम्रो क्रान्तिको आÏनै विशिष्ठतामा जन्मेको जनवादी क्रान्तिको उपचरणको प्रश्न र लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिवारे अलमलमा परेको जस्तो देखिनु र राजतन्त्रप्रति आशाको नजरले हेरेको जस्तो देखिनु शोभनीय र सही कुरो हुनसक्दैन । त्यसैले नयाँ जनवादी क्रान्तिको वर्तमान चरण र नेपालको विशिष्ठतामा रणनीति र कार्यनीतिको सही संयोजनको प्रश्नवारे पार्टीमा छलफलको आवश्यकता देखिएको छ ।

७). राजनैतिक र फौजी कार्यदिशाको संयोजनको प्रश्न

- एकीकृत पार्टी वनेदेखि नै राजनैतिक र फौजी कार्यदिशाको उचित संयोजन, अथवा विचार र वन्दूकको संयोजन, अथवा जनदिशा र युद्धको संयोजन, मिलाउन सक्नु नै हाम्रो पार्टी र क्रान्तिको मूल पहिचान रहदै आएको छ । परन्तु कतिपय अवस्थामा राजनैतिक र फौजी कार्यदिशाको सन्तुलन नमिलेको, देव्रे वा दाहिने भट्कावतिर झुकेर एउटा वा अर्को पक्षलाई न्यूनीकरण गर्ने गरेको संकेत देखिने गरेको छ । एकीकृत फौजी-राजनीतिक (politico-military) चिन्तन विकास गर्नु सट्टा एकांगी सुधारवादी वा फौजीवादी चिन्तन हावी हुन खोजेको र एकपक्षले अर्को पक्षलाई निषेध वा न्यूनीकरण गर्न खोजेको देखा पर्दछ । यसवारे क्रान्तिकारी मा.ले.मा.वादी चिन्तन र व्यवहार स्थापित गर्न स्वस्थ अन्तरर्संघर्ष जरुरी भएको छ ।

- आम रुपमा क्रान्तिकारी जनादिशा लागू गर्ने र ठोस रुपमा पार्टी र जनसमुदाय वीचमा पुलको काम गर्ने विभिन्न जनवर्गीय संगठन र मोर्चाहरुको क्रान्तिकारी क्रियाशीलता उजागर गर्ने विषयमा पार्टी भित्र समस्या देखा पर्ने गरेका छन् । यसवारे पनि सिद्धान्तनिष्ठ र वस्तुवादी वहस छलफल आवश्यक देखिएको छ ।

iii संगठनात्मक प्रश्न

८). जनवादी केन्द्रीयताको सही अभ्यासको प्रश्न

- लेनिनको सुप्रसिद्ध भनाइ- 'आलोचनारछलफलको स्वतन्त्रता र कामकार्वाहीमा एकरुपता' र माओको भनाइ 'जनवादको जगमा केन्द्रीयता र केन्द्रीयताको मार्ग निर्देशनमा जनवादु लाई पार्टीभित्र अभ्यास गर्न नसक्नु गम्भीर समस्या रहने गरेको छ । परिणामस्वरुप आफु नेतृत्वमा नरहँदा अराजकतावादी वन्ने र नेतृत्वमा पुगेपछि नोकरशाही वन्ने आम प्रवृत्ति जस्तै वनिरहेको छ । खाशगरी विभिन्न तहको नेतृत्वमा रहनेहरुले आÏनो अलिकति पनि आलोचना गर्नेलाई 'अराजकतावादी' को विल्ला लगाएर दुत्कार्ने र पार्टी भित्र सर्वहारावादी अनुशासन र 'स्वेच्छिक केन्द्रीयता' -लेनिन) को सट्टा पाखण्डीपन, दव्वुपन र आम अराजकताको स्थिति व्याप्त हुने वातावरण वनिरहेको छ, जुन हाम्रो जस्तो जीवन र मरणको युद्ध लडिरहेको पार्टी निम्ति कति घातक छ स्वतस् सिद्ध छ । त्यसैले लेनिनपछि टुटेको सच्चा जनवादी केन्द्रीयताको कडीलाई जोडेर चीनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले विकसित गरेका नयाँ मूल्य र मान्यताहरुबाट अघि वढ्दै नयाँ सर्वहारावादी संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी भित्र स्वस्थ अन्तरसंघर्ष जरुरी भएको छ ।

९). नेतृत्व केन्द्रीकरणको प्रश्न

पार्टीमा जनवादी केन्द्रीयता र सत्तामा सर्वहारा अधिनायकत्वको मूर्त अभिव्यक्ति -को रुपमा रहेको) नेतृत्वको केन्द्रीकरणको प्रश्नवारे हाम्रो पार्टीमा लामो समयदेखि एक प्रकारको 'शितयुद्धु जस्तै चल्दै आइरहेको छ । आखिर सच्चा सर्वहारावादी नेतृत्वप्रणाली कस्तो हुनुपर्छ ? नेतृत्वको केन्द्रीकरण भनेको माओले भने झैं विचार, वुझाइ, नीति, येजना, कमान र कार्वाहीको एकरुपता हो कि प्रतिक्रियावादीहरुको जस्तो शक्तिको केन्द्रीकरण हो ? सर्वहारावादी नेतृत्व सामुहिकताको केन्द्रीकृत अभिव्यक्ति हुन्छ कि व्यक्तिप्रधान हुन्छ ? मूल नेतृत्वमा द्धन्दवादको मूल नियम 'एक को दुइमा विभाजनु लागू हुन्छ कि हुँदैन ? एउटै व्यक्ति पार्टी, सेना र सत्ताको प्रमुख रहने र आजीवन पदमा रहने प्रणालीले क्रान्तिकारी उत्तराधिकारी निर्माण र निरन्तर क्रान्तिको प्रश्नलाई कसरी हल गर्न सक्छ ? मूल नेतृत्वको अवसान हुने वित्तिकै प्रति-क्रान्ति भएका विगतका घटना र पछिल्लो पेरुको अनुभवबाट विश्वका क्रान्तिकारीहरुले के पाठ सिक्ने ? यी विविध विषयमा पार्टीभित्र गम्भीर छलफलको आवश्यकता भएको स्वतस् स्पष्ट छ ।

१०). पार्टी इतिहासको मूल्यांकनको प्रश्न

दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले विगतका पार्टी विभाजन, एकता र ध्रुवीकरणको समीक्षा गरेर ने.क.पा. -माओवादी) लाई कुनै एक पूर्व समूहको विकसित वा परिवर्तन रुप नभएको तर २००६ साल देखिका सवै क्रान्तिकारी धार, उप-धारहरुको सर्वोच्च संश्लेषण भएको र त्यो निरन्तर जारी रहेको मूल्यांकन गरेको थियो । तर ठोस व्यवहारमा आज पनि पार्टीभित्र कुनै प्रश्न उठ्दा विचार र राजनीतिलाई केन्द्रमा राखेर र सत्य र तथ्यमा आधारित भएर भन्दा पनि पुरानै गुट, उप-गुटको आधारमा कित्तावन्दी हुने जुन परिपाटी विद्यमान छ त्यसले यो नयाँ ढंगको पार्टी हो भन्ने पटक्कै आभाष दिन सकिरहेको छैन । साथै कतिपयले पुरानो गुटको आड लिएर आफ्नो कमजोरी लुकाउने, पद सुविधामा मोलतोल गर्ने आदि गरेको देखिन्छ भने आफ्नो गुटलाई वलियो पार्न नयाँ जन्मेका नेता र कार्यकर्तालाई समेत गुटको साँचोमा ढाल्ने घृणित प्रयत्न गरिरहेको पाइन्छ । त्यसरी नै ठूलो पूर्व गुटबाट आउनेहरुमा दम्भ र सानोवाट आउनेहरुमा हीनताबोध र असुरक्षाको भावना प्रष्टै देखिन्छ । यो स्थिति कायम रहेसम्म पार्टी अन्ततस् विकासतिर होइन विनासतिर जाने स्पष्ट छ । यसको अन्त्य गरेर एकीकृत र केन्द्रीकृत पार्टीको निर्माण गर्न पार्टीमा गम्भीर वहस छलफल र अन्तर्संघर्ष अनिवार्य भएको छ ।

११). दुइ-लाइन संघर्ष संचालनको प्रश्न

सिद्धान्तत: '३ गर र ३ नगर' को आधारमा स्वस्थ दुइ-लाइन संघर्ष चलाउने भनिए पनि व्यवहारमा आज पार्टीमा अत्यन्तै अस्वस्थ गलत र अवसरवादी ढंगले अन्तरसंघर्ष संचालन भैरहेको छ । विचार र राजनीतिमा केन्द्रित हुनु सट्टा व्यक्ति र गुटमा केन्दि्रत हुने, स्पष्ट र खुला संघर्षको विधि सट्टा छद्म, षड्यन्त्रमूलक, व्याकवाइटिङको विधि अपनाउने, एकता-संघर्ष-रुपान्तरणको लक्ष्य राख्नु सट्टा कि त एकतादेखि एकता सम्मको कि संघर्षदेखि फुटसम्मको लक्ष्य राख्ने, वर्ग-संघर्ष र अन्तर-संघर्ष वीच अन्तरसम्वन्ध र सापेक्ष स्वायत्तता हुने कुरालाई विर्सेर एकको विरुद्ध अर्कोलाई प्रयोग गर्ने आदि सर्वथा गैर-सर्वहारावादी पद्धति हावी छ । अनि पार्टीमा जति माथि गयो उति यो गलत पद्धति भेटिन्छ । यसको अन्त्यको निम्ति स्वस्थ दुइ-लाइन संघर्ष संचालनको विधि अनुसरण गर्नु अत्यन्त जरुरी भएको छ ।

iv सांस्कृतिक प्रश्न

१२). रुढीवाद, छाडावाद र सर्वहारा नैतिकताको प्रश्न

सामन्तवादी र साम्राज्यवादी संस्कृति, मूल्य-मान्यता, नैतिकता, आचरणको खिचडी जसरी हाम्रो समाजमा व्याप्त छ, त्यसको प्रतिविम्व हाम्रो पार्टीमा हुनु अस्वाभाविक होइन । खाशगरी सामन्ती रुढीवादी र साम्राज्यवादी छाडावादी धार समाज र पार्टीमा प्रवल छ । परन्तु समाजमा न्यून-पुँजिवादी वर्गीय आधार र सामन्ती संस्कृतिको वोलवाला हुनाले रुढिवाद नै मूल समस्या रहने गरेको छ । तर यसवारे पार्टी नेतृत्व पंक्तिमा नै अक्सर एकरुपता पाइन्न र पुँजिवादलाई भन्दा सामन्तवादलाई प्रगतिशील देख्ने दोषपूर्ण चिन्तन यदाकदा हावी हुन पुग्दछ । खाशगरी परिवार, यौन, प्रेम, विवाह, महिलालाई हेर्नेवारे नेतृत्वपंक्तिमा नै गम्भीर कमजोरी देखापर्दछ । त्यसैले यस विषयमा पार्टी भित्र सार्थक वहसको जरुरी छ ।

१३). सांस्कृतिक रुपान्तरणरसर्वहाराकरणको प्रश्न

पार्टीमा शुरुदेखि नै सांस्कृतिक रुपान्तरण र सर्वहाराकरणको आवश्यकता र उपयुक्त प्रक्रियावारे सामान्य छलफल हुने र निर्णय लिने गरे पनि अहिलेसम्म त्यसवारे ठोस योजना प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन । वर्ग संघर्षले स्वतस् रुपान्तरण गर्छ भन्ने यान्त्रिक सोचका कारण पनि कतिपय सम्भव सचेत प्रयत्न हुन सकिरहेको छैन । सवभन्दा भम्भीर कुरा मुख्य नेतृत्वकै भनाइ र गराइमा अन्तर हुने र स्वयं उदाहरण वन्ने तत्परता नदेखिएसम्म सांस्कृतिक रुपान्तरण र सर्वहाराकरणको कोरा लफ्फाजी हुनु स्वाभाविक छ । त्यसैले यस प्रश्नमा पनि स्वस्थ अन्तरसंघर्ष चलाउनु आवश्यक भएको छ ।

यी मोटामोटी वुँदा मात्र हुन् । यी सवै र अन्य विषयमा आवश्यकता अनुसार विस्तृत व्याख्या गर्ने र आफ्नो स्पष्ट मत राख्ने काम क्रमशस् हुँदै जानेछ ।

-लालध्वज,

स्थायी समिति सदस्य,

२०६१ मंसीर १५ ने.क.पा.-माओवादी)

(Nov.30, 2004)

नोट: यी वुँदा वाहेक मुख्यत वर्गसंघर्ष र जनयुद्ध सम्वन्धी महत्वपूर्ण प्रश्नहरु, जस्तै- रणनैतिक प्रत्याक्रमणका योजना र कार्यक्रमहरु, आदि, वारे पार्टीको शीर्षस्थ नेतृत्व पंक्तिमा पूर्ण एकरुपता रहेको छ ।

- लालध्वज

 

 

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 9 )
 
Pitar Kumar Shrestha  [From: South Korea] Says:
 
 
I REALLY AGREE WITH DR.BABURAM BHATTARAI'S STATEMENT. IT'S TRUE THAT IN NEPAL ONLY THE CAPACITYABLE FEARLESS AND THE TALENT POLITICAL LEADER IS ONLY YOU DR.BHATTARAI. YOU ARE THE BEST OF THE BEST,NOT ONLY NEPAL AS IN THE HOLA OF SOUTH ASIA. PLEASE ALWAYS DO THE POSITIVE ACTIVITIES FOR OUR COUNTRY NEPAL, WITHOUT ANY FEAR, WE ARE WITH YOU, TO DO FULFIL THE DREAMS OF A BEAUTIFUL AND BRIGHT NEPAL.IN THIS TIME, I THINK EVERY PEOPLE BELIEVE YOU,JUST YOU. AND YOU ARE THE BEST POLITICAL LEADER OF MINE.
 

 
Raju pathak  [From: Kingscliff,2487 NSW Australia] Says:
 
 
After reading those statement it is was raight statement and raight time but party head quatar was not able to undrestand about the matter and still they are suffering for ! as well as useing the philoshopy in the party.
 

 
Rabindra Poudel  [From: thapathali campus] Says:
 
 
keep it up....u r cent percent correct
 

 
Harka Pradhan  [From: Ilambazar] Says:
 
 
मैले बुझेको मार्क्सवादको एउटा प्रमुख आधारशीलाः: मानिसहरुलाई प्रश्न गर्न सक्ने बनाउनु पनि हो । डा. बाबुराम भट्टराईले त्यतिबेलाको विषम् परिस्थितिमा पनि जति निर्भिकताका साथ फरक मतमार्फत् गम्भीर सैद्धान्तिक तथा नीतिगत प्रश्नहरु उठाउनुभएको छ, त्यसको लागि र थप, यस फरक मतलाई सार्वजनिकीकरण गरेर जनतामाझ विचार-अन्तक्रिर्याको वातावरण तयार गर्न सक्ने उहाँको यस कदमलाई प्रशंसा गर्नैपर्छ । मेरो ठम्याइमा नेकपा -माओवादी)ले अघि सारेको एक्काइसौं शताब्दीको जनवादको अभ्यासको एउटा इमान्दार प्रयत्न र असल नमूना यो पनि हुन सक्छ ।
 

 
Diwakar Dahal  [From: Middlesbrough, UK] Says:
 
 
comrade........marx, lenin, mao, engels le k bhane bhanera kina kich kich garnu. hamro samasya bahneko samayako maag anusar industrialization nahunu ho. aru kura sabai bakwas hun.
 

 
Ramesh Khatiwada  [From: Thamel, kathmandu.] Says:
 
 
We have high hope with Hon Mr. Baburam bhattarai as you are the model of nepal and Founder of Republic concept. It is necessary to take strong action against corruption in burocracy, do a big operation on the injustic and Politically led Crime. Pls try to take a decision soon as the time will not wait for long time. If we follow the same model of other political parties, than the Mahan Kranti will not be successful. Congratulations
 

 
Sudarshan Neupane  [From: ] Says:
 
 
I agree with your diffenerent statement. In general I found you not against the " Prachanda Path" but clear reasons have been demamded from Head quater & party leadership. As a student of politrical science, I have not seen special characteristics to prove " Prachanda Path" As an Ideology like "Mao Bichar Dhara". However I personally suggest Dr. BHattarai not to make this subject a big issue untill next General Assemby of Party. Let the Assembly decide & review on it.
 

 
s raj  [From: sweden] Says:
 
 
Baburam is best leader
 

 
shankar bhandari  [From: japan tokyo] Says:
 
 
co. bhattari jasta leader nepal ma dhari vako va desko muhar farin time lagadin hola.uha lay ajhai dhari try garn necessary 6
 
अन्य दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
दोस्रो चरणको वार्तामा ने.क.पा. (माओवादी) को तर्फबाट प्रस्तुत प्रस्तावको सारसंक्षेप
नेपाल सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता
ऐतिहासिक शिखर बैठकको निर्णय
पार्टी हेडक्वाटरसमक्ष पेश गरिएको चारबुँदे फरकमत

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।