अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
अन्तर्वार्ता
 
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
डा.बाबुराम भट्टराई
 

एमालेमा झलनाथ खनालको नेतृत्व तपाइंहरूले अपेक्षा गरेअनुसार आएको हो ?
एमाले एउटा आफैँ स्वतन्त्र पार्टी भएको हुनाले हाम्रो अपेक्षा-नअपेक्षा महत्त्वपूर्ण रहेन । त्यो सम्बन्धित पार्टीले उसको आन्तरिक मामलामा तय गर्ने विषय हो । तर, वैचारिक-राजनीतिक हिसाबले हामी कम्युनिस्ट भएकाले हाम्रो आफ्नो मूल्यांकन हुन्छ । महाधिवेशनमा विचार र राजनीतिका बारेमा पटक्कै बहस नहुनु र खालि नेतृत्वबारे मात्रै तानातान हुनुले एमाले क्रान्तिकारी र सर्वहारा विचारबाट धेरै विचलित भएको छ भन्ने कुराको पुष्टि गर्‍यो । हाम्रो पहिलो अनुभव यही हो । व्यक्ति-व्यक्तिबीचका स्वभाव र क्षमताको जुन कुरा छ, तिनलाई हेर्दा सापेक्ष रूपमा वामपन्थीहरू देशभक्त र जनवादी शक्तिसँग मिलेर जानुपर्छ भन्ने पक्ष नेतृत्वमा आउनु सकारात्मक हो ।

चुनावमा कांग्रेससँगको सहकार्यका पक्षधर केपी शर्मा ओली र माओवादीसँग सहकार्यको पक्षधर खनाल नेतृत्वमा आएको हिसाबमा त माओवादीले नै चुनाव जित्यो भन्छन् नि !
व्यक्तिविशेषको झुकावभन्दा पनि महत्त्वपूर्ण कुरा हो, एमालेमा देखिएको वैचारिक संकट, यो चुनाव त्यसैको अभिव्यक्ति हो । एमालेको आफ्नो वैचारिक राजनीतिक आधार के, वर्गीय हिसाबले उसको कित्ता कुन हो, यी विषयमा जुन अस्पष्टता छ त्यसैको परिचायक यो हो । समकालीन नेपाली राजनीतिको यथार्थ के हो भने राजतन्त्रको अन्त्यपछि परम्परागत सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने र केही हदसम्म मध्यमवर्गको प्रतिनिधित्व गर्ने पार्टी नेपाली कांग्रेस हो, दक्षिणपन्थी कित्ताको प्रतिनिधित्व कांग्रेसले गर्छ । आमूल परिवर्तनको पक्ष लिने सर्वहारावादी, श्रमिक, किसान र देशभक्त शक्तिहरूको नेतृत्व गर्ने पार्टी एकीकृत नेकपा माओवादी हो । यी नेपाली राजनीतिका दुईवटा किनारा वा धु्रवका बीचमा एमाले कहाँनिर पर्छ भन्ने कुरामा उसको वैचारिक स्पष्टता छैन । उसको वैचारिक अस्पष्टताका कारणले ऊ दक्षिणपन्थी कित्तापट्टि हो कि वामपन्थी कित्तापट्टि हो भन्ने कुरा बुझ्न आमजनतालाई अप्ठ्यारो छ । त्यसकारण नेताविशेषका अभिव्यक्तिअनुसार कसैले एमालेलाई दक्षिणपन्थी कित्तातिर तान्न खोज्छन् र कांग्रेसको नजिक बनाउन खोज्छन् । अलि तल्लो तहका कार्यकर्ता र नेतृत्व तहका थोरै व्यक्ति वामपन्थी कित्तापट्टि थोरै झुकाव राख्ने भएकाले उनीहरूलाई माओवादीनजिक भन्ने ठान्छन् । यस्तो वैचारिक अस्ष्टताका कारण लामो समयसम्म अब एमाले रहन सक्दैन । उसले एउटा कित्ता चुन्नैपर्छ ।

एमालेको नयाँ नेतृत्व कांग्रेसभन्दा एकीकृत माओवादीको नजिक देख्नुहुन्छ ?
त्यो त उहाँहरूले टुंगो लगाउनुपर्छ । कसको नजिक भन्ने कुरा उहाँहरूले भन्ने हो । हामी चाहन्छौँ एमालेले यस्तो वैचारिक अस्पष्टता र अन्योलको अवस्था छिटो परित्याग गरोस् । किनकि व्यावहारिक रूपमा अस्पष्टता धेरै समयसम्म सम्भव पनि हुँदैन । नदीको दुई किनाराको बीचको धारमा बस्छु भन्दा जसरी बग्ने र बढारिने खतरा हुन्छ, एमालेको पनि आफ्नो राजनीतिक अस्तित्व कायम गर्ने हो, देशमा आमूल परिवर्तनको निम्ति भूमिका निर्वाह गर्ने हो भने उसले आफ्नो कित्ता निर्धारण गर्नुपर्छ । हामी चाहन्छौँ एमाले वामपन्थी र देशभक्त कित्तामा आओस् । तर, हाम्रो चाहनाले मात्रै हुँदैन, निर्णय त उसले गर्ने हो ।

मैले व्यक्तिगत भेटघाटका क्रममा पनि एमालेका नेताहरूलाई के भन्ने गरेको छु भने अब नेपालमा दुईवटा कम्युनिस्ट नाम गरेका समानान्तर पार्टी लामो समयसम्म रहन सक्दैन । अब क्रान्तिकारी र सच्चा सर्वहारावादीको मूलधार माओवादी हो भन्ने कुरा दसवर्षे जनयुद्ध र संविधानसभाको निर्वाचनले प्रमाणित गरिसके । एमालेले विगतमा ठूलो कम्युनिस्ट पार्टी भएको नाताले अहिले पनि आफूलाई कम्युनिस्टहरूको मूलधार भन्ने दाबी गर्छ, यो दाबी अब लामो समयसम्म रहन सक्दैन । ऊ क्रान्तिकारी हो भने माओवादीसँग ध्रुवीकरणको प्रक्रियामा जानुपर्छ, धु्रवीकरण प्रक्रियामा गएन भने एमालेको अस्तित्व समाप्त हुन्छ । हामीले बुझेको त्यही हो । एमालेले सचेत ढंगले माओवादी कित्ता वा वामपन्थी कित्तामा आउने निर्णय गर्नुपर्छ, होइन भने ऐतिहासिक प्रवाहमा उसको अस्तित्व समाप्त भएर जान्छ, माक्र्सवादले पनि यही भन्छ ।

माओवादी र कांग्रेसको बीच धारमा एमाले छ भन्ने यो तपाईंको पुरानै कुरा हो । अहिले पनि त्यही देख्नुहुन्छ एमालेलाई ?
नदीको बीच धारमा उभिएर एउटा खुट्टो दक्षिणपन्थतिर, अर्को वामपन्थी कित्तातिर राख्ने जुन प्रयत्न एमालेले गरिराखेको छ, त्यसले गर्दा ऊ च्यात्तिने र विनासिने खतरा बढ्दै गएको तथ्य संविधानसभा निर्वाचनले पनि पुष्टि गर्‍यो । धेरै मान्छेले भन्थे, एमाले सबैभन्दा ठूलो पार्टीको रूपमा आउँछ । हामीले पहिले नै भनेका थियौँ, आफ्नो वैचारिक राजनीतिक पहिचान र भूमिकाविनाको कुनै पनि शक्ति ठूलो भएर लामो समय रहन सक्दैन । त्यसैले एमालेको विनास र पतन अवश्यंभावी छ भनेर हामीले जुन भनेका थियौँ, त्यो धेरैलाई पचाउन गाह्रो भएको थियो, तर अन्तमा यथार्थ त त्यही नै साबित भयो । अब उसका सामु उभिएको यक्षप्र्रश्न के हो भने उसको कित्ता कता हो ? सबैभन्दा पहिले एमालेले आफ्नो कित्ता स्पष्ट गर्न सक्नुपर्छ ।

एमालेमा वाम सहकार्यको पक्षधर नयाँ नेतृत्व आउनुमा माओवादीको भूमिका के छ ?

हाम्रो भूमिका त प्रस्टै छ नि ! एमालेसँग संविधानसभाको निर्वाचनका क्रममा पनि मिलेर जानुपर्छ भन्यौँ । त्योभन्दा पहिले पनि वाम धु्रवीकरणलाई केन्द्रमा राखेर जानुपर्छ भन्यौँ । र, जहाँ रहेका भए पनि सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू एउटै कित्तामा धु्रवीकृत हुनुपर्छ भन्ने मान्यता हामी राख्छौँ । जो क्रान्ति, माक्र्सवाद र सर्वरावादी आदर्शमा विश्वास गर्छन्, त्यस्ता एमालेका सच्चा नेता-कार्यकर्ता माओवादीसँग धु्रवीकृत हुन प्रयत्न गर्नुपर्छ । तिनीहरूलाई हाम्रोतर्फबाट हमेसा हात बढाउँछौँ । वैचारिक अस्पष्टता कायम राख्ने, दक्षिणपन्थीसँग झुकाव बढी राख्ने प्रवृत्ति बढेर गयो भने हामी केही भन्न सक्दैनौँ ।

मैले जान्नै चाहेकोचाहिँ झलनाथ खनाल एमालेको नेतृत्वमा आउनुमा माओवादीको भूमिका के थियो ?

यो हाम्रो भूमिकाले होइन, एमालेका नेता-कार्यकर्ताले तय गर्ने कुरा हो । हामीले हाम्रो धारणा त वैचारिक-राजनीतिक हिसाबले भनेका छौँ । व्यक्तिविशेषलाई इंगित गरेर कसैको पक्ष-विपक्ष लिनु सही हुँदैन । हामीले त्यसरी लिएनौँ ।

एमालेको नजरमा त तपाईंहरू अझै उग्रवामपन्थी हुनुहुन्छ नि ?

राजनीतिक पार्टी र नेताहरूले आफ्नो अस्तित्व र पहिचानका लागि विभिन्न आरोप-प्रत्यारोप गर्नु बहुदलीय प्रणालीअन्तर्गत स्वाभाविक हो । अति चरम दक्षिणपन्थी र यथास्थितिवादी चिन्तन राख्ने शक्तिले मात्रै माओवादीलाई उग्रवामपन्थी भन्छ । जब कि यतिवेला सबैखाले दक्षिणपन्थी र उग्रवामपन्थी धारबाट बचाएर क्रान्तिकारी ढंगले अघि बढिरहेको पार्टी भनेको एकीकृत माओवादी नै हो । यसलाई उग्रवामपन्थी देख्नु घोर दक्षिणपन्थी संशोधनवादी विचलन हो ।

एमालेको एउटा पक्षले त माओवादीले खनाललाई जितायो भनिरहेको छ नि ?

यो गलत कुरा हो । एमालेका कसैसँग हाम्रो कुनै आग्रह-पूर्वाग्रह छैन । केपी शर्मा ओलीजीसँग हाम्रो कुनै व्यक्तिगत आग्रह-पूर्वाग्रह छैन, झलनाथ खनालजीप्रति पनि कुनै आकर्षण र आग्रह छैन । माओवादी व्यक्तिगत हिसाबले एमालेको कसैप्रति लाग्यो भन्ने कुरा सही होइन ।

खनाल एमालेमा अध्यक्ष हुनु त सत्ता-समीकरण लम्ब्याउन अक्सिजन नै सावित भयोजस्तो लाग्दैन ?

हामीलाई त्यस्तो लाग्दैन । एकीकृत माओवादीलाई कसैले अक्सिजन दिइरहनुपर्दैन, नेपाली जनताको अक्सिजन हाम्रो निम्ति महत्त्वपूर्ण कुरा हो । त्यो अक्सिजन दसवर्षे जनयुद्ध र संविधानसभाको निर्वाचनमा नेपाली जनताले हामीलाई दिए । त्यही अक्सिजन हामीलाई सर्वाधिक महत्त्वपूर्ण छ । अरू कसैको अक्सिजनबाट बाँच्ने यो सरकार होइन । त्यसरी यो सरकार टिकाउने पक्षमा हामी छैनौँ ।

सत्ता-समीकरणको सन्दर्भमा एमालेको नयाँ नेतृत्वबाट के आशा गर्नुभएको छ ?

आशाको कुरा होइन, जनताको समर्थन नै हाम्रो निम्ति निर्णायक कुरा हो । नेपालमा आमूल परिवर्तनको एजेन्डा कार्यान्वयन गर्न बाँकी छ । राजनीतिक, आर्थिक र सामाजिक एजेन्डा कार्यान्वयन प्रमुख कार्यभार हो । हामी चाहन्छौँ, नेपाली जनता पनि चाहन्छन् : संविधानसभाबाट नयाँ जनसंविधान निर्माण भएर तार्किक निष्कर्षमा नपुगुन्जेल सबै पार्टीबीच सहकार्य गरेर जानुपर्छ । सहकार्य गर्न हामी चाहन्छौँ, तर प्रतिगमनकारी र यथास्थितिवादी चिन्तन र स्वार्थ राख्ने कतिपय राजनीतिक शक्ति र व्यक्तिहरू यो सरकार गिराएर हिजोकै संसदीय फोहोरी खेल दोहोर्‍याउन चाहन्छन् । तर, अहिलेको ऐतिहासिक आवश्यकतालाई हेर्ने हो भने सरकार गिराउने-बनाउने फोहोरी खेलमा माओवादी सहभागी बन्न चाहँदैन, जनताले पनि यसलाई स्वीकार गर्दैनन् । स्थायित्व कायम गर्ने हो भने एमालेलगायतका अन्य शक्तिले हाम्रो नेतृत्वको यो सरकारलाई सहयोग गर्नेछन् भन्ने हामी चाहन्छौँ । एमालेको निर्वाचित भएर आएको अहिलेको नेतृत्व सहकार्यको पक्षमा हुनेछ भन्ने अपेक्षा गर्छौं । तर, कसैसँग गठबन्धन गरेर सरकार टिकाउने तर देश र जनताको आमूल परिवर्तनको एजेन्डा कार्यान्वयन नगर्ने पक्षमा हामी छैनौँ । त्यसकारण जनताले संविधानसभामार्फत दिएको जनादेशअनुसार शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने, जनसंविधान निर्माण गर्ने, सेना समायोजनको प्रश्नलाई टुंगो लगाउने, आर्थिक-सामाजिक रूपान्तरणको एजेन्डालाई लागू गर्ने कुरालाई कार्यान्वयन गर्न जेएन खनालको एमाले नेतृत्वले सकारात्मक भूमिका निर्वाह होस् भन्नेचाहिँ हामी चाहन्छौँ ।

खनालको ठाउँमा केपी शर्मा ओली आउनुभएको भए सत्ता-समीकरण हेरफेर हुने सम्भावना रहन्थ्यो ?

कसैले पनि सत्ता-समीकरण ब्रेक गर्ने र सरकार गिराउने काम गर्न सक्छ भन्ने हामीलाई लाग्दैन । किनकि जनता पनि यसको पक्षमा छैनन्, देशको ऐतिहासिक आवश्यकता पनि यो होइन । माओवादीको नेतृत्वमा यो सरकार पूरै अवधि टिकोस् भन्ने जनताको फैसला हो । त्यसविपरीत जाने कसैको राजनीतिक भविष्य रहन्छ भन्ने हामीलाई लाग्दैन । केपी शर्मा ओलीले जितेका भए उहाँ पनि सरकार निरन्तरताको पक्षमा जानैपथ्र्यो । त्यसको विपरीत जाँदा उहाँको भविष्य झन् खतरामा पथ्र्यो ।

एमालेको भविष्य कस्तो देख्नुभएको छ ?

मैले पहिले नै भनेँ, उसले दक्षिणपन्थ र वामपन्थको बीचधारमा बसेर एमाले लामो समय टिक्न सक्दैन । उसले वामपन्थी, देशभक्त र जनवादी कित्तापट्टि आउने फैसला गर्‍यो भने भविष्य राम्रो रहन्छ । तर, दक्षिणपन्थी, संशोधनवादी, यथास्थितिवादी र प्रतिगमनकारी कित्तातिर ऊ जान्छ भने त्यसरी नै एमालेको विनास हुन्छ, जसरी अन्य शक्तिको विनास भएर गयो ।

नयाँ पत्रिका दैनिक

१७ फागुन २०६५

 

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
अन्य अन्तर्वार्ता
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।