• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क

समाचार

विभेद बाँकी नै राखेर राष्ट्रिय एकता बलियो हुँदैनः डा. बाबुराम भट्टराई

२५ भदौ २०७३
  •  share
  •  share

पोखरा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि विभेद बाँकी राखेर राष्ट्रिय एकता बलियो नहुने बताउनुभएको छ । ‘राज्यसत्तामा बस्नेले आफूलाई मात्रै खाँटी नेपाली देख्न थालेकोले जनजाति, मधेसीलगायतले पहिचानको मुद्दालाई जोड दिइरहेका छन्’, डा. भट्टराईको सम्मानमा तमू धीः नेपाल पोखराले शनिबार पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले भन्नुभयो - ‘देश बनाउन सबैभन्दा बढी रगत बगाउनेमा जनजातिहरु पर्दछन् र उनीहरुलाई सधै‌ विभेदमा पारेर राष्ट्रिय एकता बलियो हुँदैन ।’

उहाँले नेपाल राष्ट्र निर्माण गर्नको लागि फरक-फरक कालखण्डमा सबैले भूमिका खेलेकोले यो देश कुनै खास वर्ग र जातिको मात्रै नभएको पनि बताउनुभयो । उहाँले समानुपातिक, समावेशी, सहभागितामूलक र पहिचानसहितको नयाँ नेपाल निर्माणका लागि तमूहरुले उठाएको मुद्दामा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाउनुभयो ।

डा. भट्टराईले आर्थिक विकास र समृद्धिका लागि अधिकारसहितको राष्ट्रिय एकता बलियो हुनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा तमू धीःका अध्यक्ष कर्म तमूले भट्टराईलाई भाङ्ग्रा लगाएर सम्मान गर्नुभयो ।

  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क