डा. बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका उपाध्यक्ष एवं संघीय गणतान्त्रिक नेपालका भूतपूर्व प्रधानमन्त्री हुनुहुन्छ । २०६८ साल भदौ ११ गते ब्यबस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरि उहाँ मुलुकको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका डा भट्टराईले करिव १८ महिना प्रधानमन्त्रीका रुपमा सेवा गर्नुभयो । इमान्दार र वौद्धिक राजनीतिकर्मीको छवि बनाएका भट्टराईलाई माओवादी आन्दोलनको योजनाकार र शान्तिप्रकृयाको सुत्रधारका रुपमा चिनिन्छ । राजनीतिक दलहरुवीचको सहमतिका आधारमा राजनीतिक स्थिरता कायम गरि मुलुकलाई आर्थीक सम्बृद्धितर्फ अगाडी बढाउनुपर्नेमा भट्टराई प्रतिबद्ध हुनुहुन्छ ।

प्रधानमन्त्रीका रुपमा बाबुराम

नेपाली इतिहासको असाध्यै चुनौतिपूर्ण कालखण्डमा प्रधानमन्त्री बन्नुभएका डा. भट्टराईले सरकारमार्फत् केही महत्वपूर्ण र ऐतिहासिक काम गर्नुभएको थियो । बाँकी अंश

अपडेट

प्रेस नोट

सम्माननीय राष्ट्रपति ज्यूसंगको भेट पश्चात प्रधानमन्त्रीज्यूले संचारकर्मीहरुलाई दिनुभएको प्रतिक्रिया जस्ताको तस्तै: सम्माननीय राष्ट्रपतिज्यूसँग मेरो छलफल भयो ।

प्रेस नोट: २०६९ बुधवार २५

दैलेख घटनाको विषयलाई लिएर प्रधानमन्त्री सँग जोडेर आएका समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । वुधबारका संञ्चारमाध्यममा ‘प्रधानमन्त्रीको आदेशमा अभियुक्तको वयान रोकियो’, ‘अधिकारवादीले उक्साए’ आसयका समाचार निराधार भएको प्रष्ट पार्न चाहन्छु ।

महिला हिंसाका घटना प्रति प्रधानमन्त्री स्तव्ध

दोषि माथि कडा कारवाहि चलाउन निर्देशन १४ पुस, काठमाण्डौ । पछिल्लो क्रममा देशका विभिन्न स्थानमा महिला हिंसाका घटनामा बृद्धि भएकोमा प्रधानमन्त्री डा. बावुराम भट्टराईले आफु स्तव्ध भएको बताउनु भएको छ ।

२०६९ मंसिर १० गते मन्त्रिपरिषद्ले गरेको निर्णय

राष्ट्रपतिको कार्यालयको प.सं. स.०६९÷७०, च.नं.३७, मिति २०६९।०८।०८ को पत्रबाट “सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले संवत् २०६५ साल जेठ १५ गतेदेखि प्रारम्भ भएको संविधानसभाको कार्यकाल २०६९ जेठ १४ गतेपश्चात समाप्त भई व्यवस्थापिका–संसद समेत नरहेको अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गरिरहने व्यहोरा समेत मिति २०६९।

सम्पर्क

निजी सचिवालय

फोन: ९८४१४९३६८७
इमेल: press@baburambhattarai.com
ट्वीटर: http://twitter.com/brb_laaldhwoj