• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क

समाचार

संयोजक भट्टराई युरोप भ्रमणमा जानुहुँदै

६ साउन २०७५
  •  share
  •  share

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि आज रुस जाँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ रुस हुँदै युरोपका विभिन्न देशहरु (स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली लगायत) पुग्नुहुनेछ र उहाँले सम्भव भएसम्म प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट तथा अन्तरक्रिया/छलफल गर्नुहुनेछ । यो भ्रमणलाई उहाँले सकेसम्म आफ्नो ज्ञानको दायरा फराकिलो पार्ने र आफ्नो अनुभव आदानप्रदान गर्नमा उपयोग गर्नुहुनेछ ।

भ्रमणकै क्रममा उहाँ गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी हुनुहुनेछ । त्यस्तै उहाँले जर्मनीमा रहेका नेपालीहसँग पनि अन्तरक्रिया पनि गर्नुहुनेछ । उहाँसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि हुनुहुनेछ ।

भ्रमण पूरा गरी उहाँ साउन २३ गते काठमाडौं फर्कनुहुनेछ ।

  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क