• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क
...

हामी सक्छौं बनाउन २५ वर्षमा समृद्ध नेपाल

...

नेपाल दुई ढुंगाबीचको तरुल होइन, भारत र चीनबीचको गतिशील पुल

Previous Next

प्रकाशन

प्रकाशन

डा. बाबुराम भट्टराई

डा. बाबुराम भट्टराईको जन्म वि.सं. २०११ साल असार ४ गते ऐतिहासिक गोरखा जिल्लाको प्रसिद्ध लिगलिगकोटको पूर्वी फेदीमा रहेको खोप्लाङको वेलवास गाउँमा भएको हो । वहाँ पिता भोजप्रसाद भट्टराई (१९८७–   ) र आमा धर्मकुमारी भट्टराई (१९८३–२०६२) का ६ सन्तानमध्ये तेस्रो सन्तान हुनुहुन्छ । एक दाज्यू र एक बहिनीको वाल्यकालमै मृत्यु भएको थियो भने हाल वहाँको एक दिदी, एक भाइ र एक बहिनी हुनुहुन्छ ।

वहाँ एक निर्वाहमुखी खेती प्रणालीमा आश्रित निम्न मध्यम वर्गीय किसान परिवारमा जन्मेर हुर्कनुभएको हो । २०२६ सालमा एस.एल.सी. दिने बेलासम्म वहाँले स्कुल जाने बाहेकको समयमा गाइबस्तुको गोठालो जाने र खेतीपातीमा बुबाआमालाई सघाउने गर्नुहुन्थ्यो ।त्यसो त खोप्लाङका भट्टराईहरु सोह्रौं शताब्दीमा द्रव्य शाहलाई लम्जुङबाट लिगलिगकोटमा ल्याएर राजा बनाउने केही खस–आर्यहरु (गणेश पाण्डे, नारायण अज्र्याल आदि) मध्येका एक गजानन भट्टराईका सन्तान मानिन्छन् । दरबारका ज्योतिष–पुरोहित कर्म गर्ने उनीहरुको एउटा हाँगो शाहवंशीय राजाहरुसँगसँगै लिगलिगकोटबाट गोरखा र त्यहाँबाट काठमाडौंतिर लागेको थियो भने अर्को हाँगो लिगलिगको फेदी खोप्लाङमा ज्योतिष र कृषि पेशा गरेर बसेको हुनसक्छ । बाबुरामका जेठाबा हरिप्रसाद भट्टराईसम्मले पुख्र्यौली पेशा ज्योतिष विद्या अनुसरण गरेबाट त्यसको छनक मिल्छ ।

पूरा पढ्नुहोस

अपडेट

  • संयोजक भट्टराई अमेरिका भ्रमणमा जानुहुँदै

    २६ भदौ २०७५
  • युरोपबाट फर्किएपछि संयोजक भट्टराई भन्नुहुन्छः 'दक्षिणपन्थी विकल्प आउन नदिन सतर्क हुनुपर्छ'

    २४ साउन २०७५
  • संयोजक भट्टराई युरोप भ्रमणमा जानुहुँदै

    ६ साउन २०७५
  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क